अमेरिकामा आक्रमण गर्न राजपरिवारले पैसा दिएको खुलासा
Advertise Here Book Now


अमेरिकाको जेलमा रहेका आतंकवादी संगठन अलकायदाका सदस्यले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण गर्न साउदी राजपरिवारका सदस्यबाट आर्थिक सहायता पाएको खुलासा गरेका छन् ।
न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा गरिएको उक्त आक्रमणमा प्रमुख योजनाकार रहेको भनेर जेलमा राखिएका जकिरिया मोसावीले यस्तो खुलासा गरेका हुन् मोसावीले एक अन्तरवार्तामा साउदी राज परिवारका अधिकारीहरु, र अन्य जासुसी संस्थाका अधिकारीले समेत अलकायदालाई आर्थिक सहयोग गरेको दावी गरेका छन् ।मोसावीले अफगानिस्तानस्थित अमेरिकी दुताबासमा काम गर्ने साउदी अधिकारीहरुसँग पनि आफूहरु सम्पर्कमा रहेको दावी गरेका छन् ।तर साउदी अरेवियाले भने यस्तो दावीको खण्डन गर्दै यस्तो दावी सत्य नभएको प्रतिक्रिया दिएको छ ।एजेन्सी

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्