बेचिएका दुई बालकको यसरी भयो उद्धार
Advertise Here Book Now

2-boyभारतमा लगेर बेचिएका दुई बालकलाई सोमबार साँझ सीमा नाका रानीबाट उद्धार गरिएको छ । माइती नेपाल विराटनगरका अनुसार भारतमा लगेर श्रम शोषण गरिएका मोरङको डायनियाका १३ वर्षीय मोहम्मअबु तालिम र मोहम्म इन्ताजलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाएको छ ।
उनीहरुलाई मोरङकै आमबारीका मोहम्मद साजन नामक व्यक्तिले दुई महिनाअघि राम्रो काम लगाइदिने भन्दै दिल्ली पु¥याएको उद्धार गरिएका बालकले बताएका छन् । भारतको सिमलपुर लालकिल्लानजिकै एक फ्याक्ट्रीमा काममा लगाइएका बालकले आफूहरुलाई १६ घन्टासम्म काममा लगाएको गुनासो गरेका छन् । कपडा किन्ने भन्दै मालिकबाट सय रुपैयाँ मागेर निस्किएका उनीहरु भाग्दै अलपत्र परेको अवस्थामा भारतको सर्सा जिल्लामा रहेको चाइल्ड लाइन संस्थाले उद्धार गरेर नेपाल फर्काएर माइती नेपालको जिम्मा लगाएको थियो । रासस

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्