को को भए मुर्ख र को महामुर्ख ? ( नामावली सहित फोटोफिचर)
Advertise Here Book Now

शैलेन्द्र क्रान्ति -
जनकपुरधाम, फल्गुन २१ ।
होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजन गर्ने व्यंग्यात्मक सांस्कृतिक कार्याक्रम महामुर्ख सम्मेलन बिहीबार जनकपुरमा सम्पन्न भएको छ । महामुर्ख सम्मेलनमा यस वर्षको महामुर्खको उपाधी एमालेका धनुषा क्षेत्र नं. ७ बाट निर्वाचित सभासद सत्रुधन महतोलाई प्रदान गरेको छ । यस कार्यक्रममा मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष तराई होलीको एक दिन पूर्व विभिन्न होरीको गीत संगीत ,नाटक , कविता बाचन लागयत प्रदर्शन गर्दै  जनकपुर क्षेत्रकमा बुद्धिजिवी मध्येका एक जना विशिष्ट व्यक्तिलाई छनोट गरी व्यंग्य स्वरुप महामर्खको उपाधि दिने गरिन्छ ।

 त्यस्तै अन्य बुद्धिजिवी प्रतिष्ठित व्यक्तिहरुलाई विभिन्न उपनाम दिदै मुर्खको उपाधी प्रदान गर्ने गर्दछन् । महामुर्ख सम्मेलन निकै व्यंग्यात्मक एवं मनोरञ्जनात्मक सांकृतिका कार्यक्रम भएकोले सहभागिहरु आनन्द लिदै उमंगित हुने गर्दछन् । महामूर्ख सम्मेलन विगत १९ वर्षदेखि होलीको अवसरमा आयोजन हँदै आएको र पछिल्लो ६ वर्षदेखि होलीको मौलिक संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यले होरी तथा जोगिरा गायत होरी महोत्सव समेत गर्दै आएको मिथिला नाट्यकला परिषदका अध्यक्ष मदन ठाकुरले जानकारी दिनुभयो । 

यस पटक ११ जना प्रतिष्ठित व्यक्तिहरुलाई मुर्खको उपाधि प्रदान गरिएको छ ।

को को मुर्ख ? अनि के उपाधी  ? 

मैथिलीका वरिष्ट साहित्यकार रमेश रञ्जन झा     : मुर्खाधिराज,

धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना :     मछराधीश ,

जनकपुर उद्योग बाणिज्यसंघका अध्यक्ष शिव शंकर साह :    सिलोटानन्द, 

धनुषा नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र :     अजगर , 

जनकपुरका यूवा अगुवा सरोज मिश्र :    बैशाखनन्द 

रामानन्द यूवाक्लबका पूर्व अध्यक्ष जिवनाथ चौधरी :    मुसरीलाल,

मैथिली साहित्यकार अयोध्यानाथ चौधरी :   खेसारीलाल, 

धनुषा शसस्त्रका प्रहरी उपरीक्षक रविन्द ठकुर :     हराशंख ,

वृहत्तर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक उमेश यादव :   बंशकुल्हैर ,

उद्योग बाणिज्यसंघ धनुषाका पूर्व अध्यक्ष निर्मल चौधरी :    बहुगामी र

मारबाडी सेवासमितिका अध्यक्ष विशाल चौधरी :   बोतलानन्द

उनीहरुलाई विभिन्न चिजविजनहरुको व्यंगात्मक मला तथा फुलका मालाले सम्मान गरिएको छ ।







,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्