अन्दाजी २० वर्षकी महिलाको शव फेला
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम/जंगलमा शुक्रबार हत्या गरी फालिएको अवस्थामा एक अधवंैशै महिलाको लाश फेला परेको छ । अन्दाजी २० वर्षकी ती महिलाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ ।
इलाका प्रहरी कार्यालय  अनुसार  डेढ किलोमिटर दक्षिण जंगलमा बिहान महिलाको लाश फेला परेको हो । पाँच फिट उचाइकी ती महिलाको नचिनिने गरी
प्रहरीका अनुसार कम्मरमुनिको भागको कपडा खोलिएको अवस्थामा लाश बरामद भएको छ । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेजस्तो देखिन्छ,’ उनी को हुन् भन्नेबारे कसैले ठम्याउन सकेको छैन ।’
महिलाको शव बरामद हुँदा स्थानीयको भिडले पनि पहिचान गर्न सकेको थिएन । घटनास्थलबाट गाउँ नजिकै पर्छ । त्यो गाउँबाट राजमार्ग छिचोल्ने कच्ची सडक छ ।ती महिलाको मृत शरीरलाई पोष्टमार्टमका लागि  पठाइएको छ । ती महिलाको शवसँग साथबाट एकजोर कपडा भएको हातेझोला बरामद भएको छ ।
‘बिहान नै हत्या भएको हो,’ प्रहरी निरीक्षक  भने, ‘यिनी बिहान कतै हिँड्न भनेर राजमार्ग निस्किएकी हुनसक्छिन्, त्यही मौकामा उनको हत्या भएको हुनसक्छ ।’ नाम थर खुल्न नसकेकी ती महिलाको शरीरमा छुरा प्रहार गरिएको चोट फेला परेको छ ।
 प्रहरीका प्रवक्ता अनुसार मृतकको साथबाट पहिचान खुल्ने कुनै चिज नभेटिएकाले अनुसन्धान अघि बढाउन कठीन परेको छ । ‘बलात्कारपछि हत्या भएको आशंका गर्ने आधारहरू भए पनि पहिचान खुल्न नसक्दा अनुसन्धान अघि बढाउन सकिएको छैन, ‘उनलाई खोजी गर्दै अभिभावक पनि अहिलेसम्म नआएकाले समस्या परेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्