कर्म काण्ड प्रशिक्षण कार्यक्रम सम्पन्न
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम जेठ १३ गतेरंजन भण्डारी महोत्तरी, महोत्तरीको सुगा भवानीपटटी गाविस स्थित मैथिल ब्राम्हण समाज ग्रामिण समितिले ९० दिवशिय कर्मकाण्डको समापन समारोह बुधवार समपन्न गरेको छ । मैथिल ब्राम्हण समाज सुगाका अध्यक्ष शम्भु चन्द्र झाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि मुख्य प्रशिक्षक तथा उप प्रधानाध्यापक डा. अनिल कुमार झा ले सिकेको ज्ञानलाई आचरणमा उतार्न
प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन । समारोमा बोल्दै डा. रामचन्द्र झा ले मैथिल संस्कृतीलाई जिवन्त राख्न प्रशिक्षार्थीहरुलाई कर्मकाण्डको ज्ञान दिनु महत्वपुर्ण रहेको र हाल लाई १५ जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिईएको र भविष्यमा अन्यलाइृ समेत दिईने बताउनु भएको छ । कार्यक्रममा मैथिल ब्राम्हण समाजका केन्द्रिय प्रतिनिधि कुशेश्वर झा लगायतका मैथिल समाजका विशिष्ट व्यक्तित्वहरुको
उपस्थिति रहेको थियो ।

