डिएसपीले एक कठ्ठा जग्गा र ३० लाख घुस डिल गरेपछि…
Advertise Here Book Now
११ असार रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश कुमार पोख्रेल आर्थिक लेनदेन विवादमा मुछिएका छन् ।आर्थिक लाभका लिनका लागि कृते मुद्दा खडा गरी एक व्यक्तिलाई गैरकानुनी रुपमा थुनामा राखी आर्थिक चलखेल गरेको खुलेपछि डिएसपी पोखरेल आर्थिक लेनदेन विवादमा मुछिएका हुन् आर्थिक लेनदेनबारे प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्याल सामक्ष गुनासो पुगेपछि आइजीपीको ठाडो निर्देशनमा उनलाई बुधवार तत्काल भैरहवा स्थित लुम्विनी अञ्चल प्रहरी कार्यालयमा काज सरुवा गरिएको थियो । तर आज शुक्रबार सम्म पनि डिएसपी पोख्रेलले आइजीपीको निर्देशनलाई अटेर गर्दै जिल्ला प्रहरी कार्यलयमै छन् । डिएसपी पोख्रेललाई बिहीबार थप अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय काठमाडौ बोलाईएको बुझिएको छ । आगामी साउनमा जागीरबाट अवकास हुन लागेका डिएसपी पोखरेलले जिल्लामा आर्थीक लाभ लिन बर्दी र पदीयको दुरुपयोग गर्दै प्रहरी सगठनलाई बदनाम गरेको गुनासो बढ्दै गए पछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका डिआईजी पकंज श्रेष्ठलाई फोन मार्फत डिएसपीलाई तत्काल काज सरुवा गरेर थप अनुसन्धान गर्न आदेश दिएको प्रहरी उच्च स्रोतले जनाएको छ । पछिल्लो घटना विवरण अनुसार डिएसपी पोखरेलले ठगि र बाउन्स चेकको उजुरी परेका बुटवल उप–महानगरपालिका १० सुख्खानगरका संजय जिसीलाई यी दुई मुद्दामा थुनामा राख्न नमिल्ने भएपछि अर्को किर्ते मुद्दा प्रहरी माथी हातपात गरेको अभियोग लगाएर सार्वजनीक मुद्दा चलाएका थिए । ठगी मुद्दा आदलत र बाउन्स चेक राष्ट्र बैकको कार्यक्षेत्र भित्र पर्दछन् । तर डिएसपी पोखरेलले गत जेठ १५ गते जिसीलाई बुटवलबाट पक्राउ गरी तिन दिनसम्म गैरकानुनी रुपमा थुनामा राखेर जेठ १९ गते प्रहरी माथी गालीगलौज र हुलहुज्जत गरेको कृते अभियोग लगाई थप १० दिनसम्म थुनामा राखेका थिए । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यम बहादुर बोहोराले तयार पारेको उक्त प्रतिवेदनमा समेत कुन प्रहरीलाई के गाली गलौज वा हुलहुज्जत गरे भन्ने किटानी उल्लेख छैन । जुन दिन चेकजाचको क्रममा प्रहरी माथी हुलहुजत तथा गालीगलौज गरेको भनेर सार्वजनीक मुद्दा लगाईएको छ, त्यसको तिनदिन पहिलेदेिख नै आफु प्रहरी हिरासतमा रहेको पिडित संजय जिसीको दावी छ । आफुले गर्दै नगरेको अभियोग लगाई गैरकानुनी रुपमा थुनामा राखेर आफुले खरीद गरेको जग्गा फिर्ता गराएर डिएसपीले अर्को पक्षबाट ठुलो आर्थीक लाभ लिएर आफुलाई अन्यायमा पारेको पीडीत जिसीले बताए । उनले गत फागुनमा भैरहवा स्थित सिद्धार्थनगर नगरपालीका भुजौलीमा राजबहादुर गुरुङ्गसगँ १ बिगाह १८ कठ्ठा १३ धुर जग्गा खरीद गरेका थिए । १ करोडमा खरीद गरीएको उक्त जग्गाको बैना स्वरुप २ लाख नगद दिएर ९८ लाखको ब्याक डेटको मितीमा चेक दिएर जिसीले गुरुङ्गबाट जग्गा आफ्नो नाममा गराएका थिए । बैना सहमती अनुसार चेकको मितीसम्म सवै रकम बुझाउने र रकम भुक्तानी भएपछि पछि चेक फिर्ता गर्ने सहमती भएको थियो पिडीत जिसीले भने सहमती अनुसार मैले नगद रुपैयाँ दिदै गए आधा भन्दा बढी रकम भुक्तानी भएपछि प्रहरीसँग मिलेर बाउन्स चेक दिएको भनेर षडयन्त्र रचीयो । सहमति अनुसार आफुले आधा भन्दा बढी रकम दिएको र बाँकी रकम पनि तत्काल बुझाउछु भन्दा भन्दै प्रहरीले झुठा अभियोगमा थुनामा राखेर जबरजस्ती जग्गा फिर्ता गराएको उनको गुनासो छ । उनको मायादेवि ट्रेड ईन्टरप्राईजेज प्रालीको नाममा खरीद भएको उक्त जग्गा प्रहरीले जेठ २८ गते गुरुङ्गकी श्रीमती ईन्द्र शोभा माया गुरुङ्गको नाममा फिर्ता गराएको छ । १० दिनमसम्म सार्वजनीक मुद्दामा थुनामा राखेर जेठ २८ गते जिल्ला प्रसासन कार्यालय रुपन्देहीबाट २ हजार धरौटी राखी साधारण तारेखमा छुटेका जिसीलाई प्रहरीले आफ्नै गाडीमा राखेर सोझै जिल्ला मालपोत कार्यालय रुपन्देहीमा लगेर जग्गा नामसारी गराएको थियो ।यस बापत डिएसपी पोखरेलले गुरुङ्गसँग ३० लाख रुपैयाँँ नगद र १ कठ्ठा जग्गामा डिल गरेको जिल्ला प्रहरी कार्यालय भित्रै चर्चा रहेको छ । आफुले गुरुङ्गलाई दिएको रकम र जग्गामा लगानी गरेको रकम फिर्ता नगराई एक तर्फीरुपमा प्रहरी लाग्दा आफुले जग्गा र पैसा दुवै गुमाउनु परेको जिसीले गुनासो छ । कि त जग्गा पाउनु पर्यो, कि त मैले दिएको र जग्गामा लगानी गरेको समेत गरी ८१ लाख रकम फिर्ता पाउनु पर्यो भन्ने मेरो माग हो जिसीले भने— मलाई झुटा आरोप लगाई गैरकानुनी रुपमा थुनामा राख्ने प्रहरी अधिकृतलाई कारवाही हुनु पर्छ । यस सम्बन्धमा डिएसपी पोखरेललाई सम्पर्क गर्दा उनले आफुले आदेशको पालना गरेको र सुचना दिने नदिने आदेश प्रमुखबाट आउनु पर्ने भन्दै उनी घटना बारे बोल्न चाहेनन् । रुपन्देही प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक राजेन्द्र ढकालले डिएसपीको काज भएको पुष्टि गर्दै यो मुद्दा उनले नै हेरेको दावी गरे । उनले गुरुङ परिवारले आफुहरु पीडित भएको भन्दै निवेदन सहित आएपछि आफुहरुले सामाजीक न्याय दिने काम गरेको जिकीर गरे । ‘हामी अन्यायमा पर्यौ, समयमै पैसा पाएनौ जग्गा फिर्ता गराउनु पर्यो भन्दै न्यायको माग गर्नु भयो,’ गुरुङ्गको भनाई उद्धृत गर्दै एसपी ढकाललले भने । पीडितको न्यायको लागी काम गर्दा गर्दै जिसी अन्यायमा परेको भन्ने कुरा आफुले पछि मात्र थाहा पाएको र छानबिन गर्ने उनले बताए ।
