पथरि बहुमुखि क्यामपसकाे स्तरउन्नतीमा जोड
Advertise Here Book Now
ऑनलाइन सिरहा डककम /मोरङको पथरिमा रहेको पथरि बहुमुखि क्यामपसमा भएको पञ्चबर्षिय योजना कार्याशाला
गोष्ठिमा उपस्थित बत्ताहरुले क्याम्पसको समग्र बिकाशका लागि स्तरउन्नतीमा
जोड दिएका छन् ।कार्याशाला गोष्ठिमा नेपालमा रहेका क्याम्पसहरुको स्तरउन्नतिका लागि अव नया ढाचाबाट अगाडि बढाउदै लैजाने क्रममा कलेजहरुले गुस्तर सुनिश्चितता र प्रत्यायनको अवधारणलाई आत्मासाथ गर्दै गुणस्तरिय शिक्षा प्राप्तिको बाटोमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिइएको छ ।
गोष्ठिमा क्यु ए ए शिक्षा पद्रतिको बारेमा छलफल भएको छ क्यु ए ए शिक्षा पद्रति के हो र यसको महत्व तथा फाइदा र यस पद्रतिलाई अपनाउनका लागि कलेजले के कस्ता मापदण्डहरु पुरा गर्नु पर्छ भन्नेबारेमा अन्र्तक्रियात्मक कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रम मोरङ क्षेत्र न २ का सभासद चण्डिप्रसाद राइले उदघाटन गर्नुभएको हो । कार्यक्रमा बोल्दै कलेजका उपादक्ष्य दिनानाथ शर्माले शैक्षिक गुणस्तको स्तर निर्धारणका लागि क्यु ए ए शिक्षाको औचित्यको महत्वबारे प्रस्टायाउनु भएको थियो भने कलेज प्रमुख अर्जुन कुमार बुडाथोकिले कलेजको चौतर्फिबिकाशका लागि समपुर्ण सरोकारवाला पक्षको चासो राख्नुपर्ने बताउनु भयो । कर्यक्रमको सहजिकरण दमक बहुमुखी क्याम्पसका डिल्ली प्रसाद भट्टराईले गर्नुभएको थियो ।

