आदिबासी जनजातीलाई अभिमुखीकरण ।
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ,राम नारायण पंडित, सिरहा, १३ असार ।
सहकार्य नेपाल, गोलबजारको आयोजना र जिल्ला विकास समिति सिरहाको सहयोगमा गोलबजारमा आदीवासी जनतातिहरुको ३ दिने तालिम आइतवार सम्पन्न भएको छ । गोलबजार नगरस्तरीय तालिममा आदिवासी जनताती अधिकार र आइएलओ १६९ सम्वन्धि जानकारी गराइएको थियो । आदिवासी जनजाती उत्थान प्रतिस्ठानका उपाध्यक्ष किरण दनुवारको प्रमुख आतिथ्यमा सम्पनन कार्यक्रममा अािदवासी जनजातीहरुको अधिकार, पहिचान र जनजातिहरुको परिभाषाबारे जानकारी गराइएको थियो । तालिममा प्रशिक्षकद्वय भरत जर्घा मगर र प्रकाश योञ्जनले आदिवासी जनजातिको हक अधिकारका साथै आदिवासी जनजातीको इतिहासको वारेमा जनकारी गराएका थिए । त्यसको साथै उहाँहरुले नेपालमा खस राज्यसत्ताले जनजातीहरुमाथि जबरजस्त रुपमा आफ्नो संस्कृति थोपरेको भन्दै यो संस्कृत मानिरहनुको औचित्य नरहेको प्रशिक्षक प्रकाश योञ्जनले बताए । आदिवासी जनजातिलाई आप्mना इतिहास, अधिकार र कर्तव्यको वारेमा बोध गराउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको सहयोगी नेपालका अध्यक्ष दिलिप साहले बताए ।
