शव नपठाउनेलाई कारवाही गर
Advertise Here Book Now

Saudiऑनलाइन सिरहा डटकम,साउदीस्थित नेपाली दुतावासले मृतक नेपाली कामदारको शव नपठाउने कम्पनीलाई अधिकतम जरिवाना गरी कारबाही गर्न साउदी सरकारलाई अनुरोध गरेको छ । राजदुत उदयराज पाण्डेले हालै नियुक्त भएका उप श्रम मन्त्री अहमद अल हिमादन्मसँग भेट गर्दै यस्तो अनुरोध गरेका हुन् ।
‘कम्पनीलाई कारवाही नहुदाँ मृतक परिवारले समयमा शव पाउनबाट बञ्चित भए’, मन्त्री अहमदसमक्ष पाण्डेले भने, ‘समयमा शव नपठाउनेलाई कडा कारवाही गर्नुपर्‍यो ।’
रोजगारीका लागि साउदी पुगेका मध्ये बर्षमा दुई सय हारहारी नेपालीको ज्यान जाने गरेको छ । कम्पनीको असहयोगको कारण मृतकका परिवारले शव पाउन झन्डै तीन महिना लाग्छ ।
राजदुत पाण्डेले नेपाल सरकारले साउदी आउने कामदारलाई बिना शुल्क पठाउने नीति अख्तियार गरेको जानकारी दिँदै त्यसमा साउदी सरकारबाट सकारात्मक भूमिकाको अपेक्षा भएको बताए ।
मन्त्री अहमदले अनलाइनमार्फत् म्यानपावर कम्पनीले आवश्यक कामदार पठाउन कम्पनीसँग सिधै पहुँच पुर्‍याएर बीचका दलालहरुको सहयोग लिन नपर्ने गरी ब्यवस्था मिलाउने बताए ।
राजदुत पाण्डेले भूकम्पपीडितलाई पारिवारिक पुर्नमिलनका लागि पठाउन खोजे पनि केही कम्पनीले सहयोग नगरेको बताए । देश फर्किन चाहने भूकम्पपीडित परिवारका १ सय ७८ कामदारको सूची उनले मन्त्रीसमक्ष बुझाएका पनि छन् । ‘झन्डै ८ सय जनालाई फर्काउन सकियो,’ उनले भने, ‘कम्पनीले नपठएका १७८ जनालाई घरफिर्ने बाताबरण बनाउन मन्त्रीसमक्ष सुची बुझाइएको छ ।’
आफ्नो चार बर्षे कार्यकाल पुरा गरेर फर्किने तयारीमा रहेका राजदूत पाण्डेले स्पोन्सरसीप ब्यवस्थाले कामदार करारपत्र सकेपछि पनि घर फिर्न नपाएको, तलब भुक्तानी नपाउने स्थितिबाट गुज्रिरहनुपरेको बिषयलाई जोड दिएर उठाएको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्