उपेन्द्र यादबलाई पनि चाहियो पहाड, भन्छन्– ‘जनताले लखेटेका छैनन्’
Advertise Here Book Now

upendra yadhabकाठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले प्रदेश दुई हालकै अवस्थामा कायम हुने हो भने कंगाल प्रदेश बन्ने बताएका छन् ।
शनिबार रिपोर्ट क्ल्बले राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादबले तराइका ८ जिल्लाहरुको प्रदेश सबैभन्दा कमजोर बन्ने बताए ।
पानी नपर्दा ६० प्रतिशत जमिन अझै रोपाईं हुन नसकेको भन्दै स्रोत विनाको प्रदेश दुईको कुनै अर्थ नरहने बताए । उनले जानकी मन्दीरको भेटीले प्रदेश चल्न नसक्ने बताउँदै सीमा संशोधन गरिए मात्र आफुहरुलाई मान्य हुने बताए ।
उनले पहाडसँग जोड्नुपर्ने कुरा खुलस्त नभनेपनि पहाडमा जोड्दा राम्रो हुनसक्ने संकेत गरे ।
यादबले कैलाकीको टीकापुरमा आफुलाई लखेटीएको भन्ने समाचार हल्ला मात्र भएको बताए ।  उनले कैलाली घटनामा पत्रकारहरुको अलकाँचोपना हावि भएको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्