सिरहामा विरोध प्रर्दशन,‘।।
Advertise Here Book Now


शिव दयाल यादव सिरहा ।
साउन २५ गते । एकीकृत माओवादीको फरक मत सहित चार दलले गरेको  सिमङ्कनलाई सिरहामा व्यापक सिरोध गरेको छ । विहान ११ वजे माडरमा विरोध प्रदर्शन गरेको छ  भने साँझ सिरहा वाजारको हेमनारायण चौकमा टायर बलेर शुरु भएको प्रदर्शन जुलूसको पुिक्रमा गरेर त्यही टुङ्गिएको थियो ।  एकीकृत माओवादीका केन्दी्रय सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव रामरिझन यादवको नेतृत्वमा भएको सो कार्यकक्रममा यादवले चार दललेगरेको नामाङ्कनले मधेशलाई अपमान गरेको बताउनु भएको छ । सिरहाको हेमनारयण चौकमा बोल्दै यादवले मधेश पहाड मिलाएर नै एकता कायम हुन्छ भने सप्तरी देखि पर्सासम्म बनाइएको दोसरो प्रदेशमा उदयपुर, सिन्धुली तथा मकवानपुर किन मिलाइएन भन्ने प्रश्न गर्नु भयो । यसमा पहाडी शासकले वर्षौदेखि मधेशमाथि गर्दै आएको विभेदको पुनरावृति हो उहाँको जिकिर थियो ।  तराईमधेश प्रदेश शाषित पििडत तराईवासीहरुको हो त्यसैले यसकालागि सवै मधेशी एकजूट भएर लडनु पर्ने वेला आएको उहाँले वताउनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्