चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम लहान साउन ३०/लहानस्थित डिभाइन हेल्थ हस्पिटलका चिकित्सकको
लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि
कारबाहीको मागसहित शनिबार प्रदर्शन गरेका छन् ।
शल्यक्रिया गरी सुत्केरी भएको केही समयमै सिरहाको मुक्साई गाविस–२ की २५ वर्षीया उदासीदेवी साहको मृत्यु भएको भन्दै मृतकका आफन्तजनले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्तजनको प्रदर्शनका कारण अस्पताल क्षेत्र केही बेर अशान्त बनेपनि सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रण लिएका थिए ।
सुत्केरी गराउन शुक्रबार राति डिभाईन हेल्थ हस्पिटलमा भर्ना हुनुभएकी उदासीलाई राति १० बजेतिर अप्रेसन गरी बच्चा सकुशल निकालिएको थियो ।
मृतक उदासीका भिनाजु पर्ने सप्तरीको टिकुलिया गाविसका फुलेश्वर साहले भन्नुभयो – ‘‘अप्रेसनपछि रातिसम्म बच्चा र आमा दुवै सकुशल थिए । शनिबार बिहान अस्पतालमै डिउटीमा खटिएका नर्सहरूले पानी खुवाएपछि अचानक उदासी बेहोस भएकी थिइन् ।”
उदासी बेहोस भएलगतै नर्सहरूले सुई लगाएपछि उहाँको अवस्था झन बिग्रिँदै गएको, त्यो क्रममा अस्पतालका डाक्टरहरूसँग सम्पर्क गर्दा समेत कुनै डाक्टर समयमा नआएको फुलेश्वरको भनाइ छ ।
उदासीको स्वास्थ्य अवस्था नाजुक बनेपछि शनिबार बिहान ११ बजेतिर अचानक चिकित्सकहरूले बिरामीलाई अन्यत्र लैजान सल्लाह दिएको बताउँदै फुलेश्वरले भन्नुभयो – चिकित्सकहरूले भने अनुसार एम्बुलेन्समा धरानतर्फ लैजाँदै गर्दा सप्तरीको महुली नपुग्दै उदासीको मृत्यु भयो ।
समयमै अस्पतालका चिकित्सकले राम्ररी उपचार गरेको भए, अन्यत्र लैजान सल्लाह दिएको भए उदासीको मृत्यु हुने थिएन, त्यसैले चिकित्सककै लापरवाहीका कारण उनको मृत्यु भएकाले दोषी चिकित्सकमाथि कारबाही हुनुपर्छ – फुलेश्वरको कथन छ ।
उदासीको मृत्यु भएपनि उनले जन्म दिएको छोरा (बच्चा) भन्ने सकुशल रहेको परिवारजनले बताएको छ ।
यता डिभाइन हस्पिटलका चिकित्सकहरूले भने उदासीको मृत्यु कुनै चिकित्सकको लापरवाहीको कारण नभएको दाबी गरेका छन् ।
यसैबीच, इलाका प्रहरी कार्यालय लहानको पहलमा मृतक र डिभाईन हस्पिटलका चिकित्सकबीच वार्ता भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्बेदीले बताउनुभयो ।