सभासद अमात्यले पठाएको रकम घाइतेद्वारा अस्वीकार
Advertise Here Book Now


वीरगन्ज,१८ भदौं नेपाली काँग्रेस पर्साका पूर्व सभापति एवम् क्षेत्र नम्बर १ का सभासद राजेन्द्र बहादुर अमात्यले पठाएको रकम घाइतेहरुले फिर्ता गरेका छन् । आन्दोलनको क्रम्मा प्रहरीको बरबर दमनबाट घाइते भई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल उपचार गराई रहेका तीन जना घाइतेले सभासद अमात्यले पठाएको आर्थिक सहयोगलाई फिर्ता गरेका हुन ।
उपक्षेत्रीय अस्पतालमा भर्ना रहेका शंतलाल यादव, सुरेश कुमार यादव र आशा देवीले आज अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गरी रकम फिर्ता गरेको जानकारी दिएका छन् । सभासद अमात्यले आप्mना प्रतिनिधी मार्फत पठाएका जनही ११ हजार रुपैयालाई घाइतेहरुले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत फिर्ता गरेका हुन ।
सर्वसाधारण माथि गोली चलाई हत्या र घाइते बनाउने र पछि गोहीको आँसु बगाई रकमको भरमा खरिदन प्रयास सभासद अमात्यले गरेकाले आफुहरुले रकम फिर्ता गरेको घाइते सुरेशले पत्रकारहरुलाई बताएका थिए । घाइतेहरुले मधेशीको पिडाबाट सभासद पिडित भएका छन् भने, सदन छाडी मधेशीको जायज मागकालागि सडकमा काधमा काधमिलाई संर्घषमा होमिन घाइतेहरुले चुनौति दिएका छन् । रकमको भरमा मधेशीको स्वाभिमानलाई खरिदन प्रयास गर्ने सभासद अमात्य साचिकै जनताका नेता हुन भने जनता संगै मधेश मुक्तीको आन्दोलनमा  उत्रीएर देखाउन संचारकर्मी मार्फत सभासद अमात्यलाई चुनौति दिएका छन् । घाइतेले फिर्ता गरेको रकम सद्भावना पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानी र संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवल मार्फत पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई  बुझाइएका छन् ।

क्याप्सन ः वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल उपचार गराई रहेका तीन जना घाइतेले सभासद अमात्यले पठाएको आर्थिक सहयोगलाई फिर्ता गरि पत्रकार सम्मेलन गर्दै  ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्