देशमा कर्फ्यू लगाएर सबारी साधन निकल्यो
Advertise Here Book Now

सप्तरी, ११ असोज । नयाँ संविधान र सीमाङ्कनको विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको आज ४५औँ दिनमा पनि सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गमा अलपत्र परेका करिब ४०० सवारीसाधनलाई सुरक्षा घेरा दिएर गन्तव्यमा पठाएको छ ।
बस, मालबाहक ट्रक र साना ठूला सवारीसाधन गरी ४०० सवारीसाधनलाई पश्चिमको सिरहाबाट सुनसरीतर्फ र सुनसरीमा अलपत्रमा परेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यसम्म पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका नायब प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्