अबको आन्दोलनमा राजमार्ग र भन्सार नाकाबन्दी गर्ने मधेसी मोर्चाको निर्णय
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम अरुण यादव  राजविराज  , ६ असोज  सिमाङकन र नयाँ संविधान २०७२ को बिरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको  आज  सप्तरीको  सदरमुकाम राजविराजमा बसेको
बैठकले मधेसको आन्दोलनलाई अझ सशकत र प्रभावकारी बनाउने लगायत ७ बुदै निर्णय गरि सार्वजनिक रेको छ  ।  मोर्चाको हिजो देखि सुरु भएको दुई दिने बैठकले आज साँझ राजविराजस्थित होटेल माउन्ट बुलुमा गरिएको पत्रकार सम्मेलनमा सो ७ बुदनिर्णय सार्वजनिक गरिएको हो  ।  मोर्चामा आवद रहेका संघिय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रीक पार्टी सद्भावना पार्टी, तराई मधेश सदभावना पार्टी सहितको पार्टीले ७ बुदै निर्णय गरि आज प्रेस बिज्ञप्ती  जारी गरेको छ  । सो पे्रस बिज्ञप्तीमा शान्तिपुर्ण, अहिँसात्मक तथा असहयोग आन्दोलनलाई निरन्तरता दिने क्रममा गाउँ नगर र जिललास्थित सरकारी
कार्यालयहरु, बित्तिय संस्थाहरु, मधेसमा रहेका भन्सार कार्यलयमा नाकाबन्दी गरि बन्द गराउने र राजमार्ग केन्द्रित आन्दोलनलाई अझ प्रभावकारी ढंगले परिचालन गर्ने, मेची देखि महाकारी सम्मको पुर्व–पश्चिम राजमार्ग  र हुलाकी मार्गमा मानव श्र्रंखला निर्माण गरि हातेमालो कार्यक्रम गर्ने , शन्तिुर्ण आन्दोलनमा सरकारले निहत्था जनतालाई ताकि ताकि छातीमा गोलि हानी हत्या गरि मानव अधिकारको हनन गर्नुका साथै मानवता बिरोधी अपराध तथा अन्तराष्ट्रिय मानव कानुनको उल्घन गर्ने अपराध गरेको हुदाँ सो सम्बन्धमा संर्वोच अदालतर र  अन्तराष्ट्रिय फौजदारी अदालतमा समेत मुद्दा दायर गर्ने बताइएको छ  ।
 त्यस्तै बिज्ञप्तीमा  मुस्लिम समुदायको महान चाँड कुर्बानी ईद –इदुल–अजहा)को उपलक्ष्यमा यहाँको शान्ति र समृद्धिको शुभकामना ब्यक्त समेत गर्दै  २०७२ असोज ५ गते सुनसरीको इनरुवामा केही ब्यक्तिहरुले मित्रराष्ट्रिय जनवादी गन्तन्त्र चीनको राष्ट्रिय झण्डा जलाउने कार्य गरेको हुदाँ सो कार्यको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संयुक्तरुपमा घोर भत्र्साना एवम् निन्दा गरेका छन्  । साथै  मधेसी मोर्चा र थरुहट÷थारुवान संघर्ष समिति एवमं मुस्लिम संघर्ष समिति लगायत आन्दोलनरत पक्षहरुसँग सहकार्य गर्ने निर्णय गर्दै मोर्चाको चार सदस्यीय सचिवालयको  कार्यदल समेत गठन गरेको छ  । गठित कार्यदलमा सद्भावन पार्टीका महासंचिव मनिष सुमन, तमसपाका रामनरेश राय यादव , तमलोपाका गोविद चौधरी र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ रहेका  छन् ।  सो पत्रकार सम्मेलनमा संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव , तराई मधेश लोकतान्त्रीक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर , सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो  , तराई मधेश सदभावना पर्टीका अध्यक्ष महेन्द्रराय यादव, र नेता हृदेश त्रिपाठी,लक्षण लाल कर्ण लगायतको  सहभागिता रहेको थियो   ।  उपरोक्त पार्टीका
अध्यक्षहरुद्धारा सो  हस्ताक्षरीत प्ेस बिज्ञप्ती जारी गरिएको  हो   ।

 मोर्चाको संयोजक एवम तराई मधेस लोकतान्त्रिकका अध्यक्ष ठाकुरले मधेसमा जारी आन्दोलन जारी रहने बताउदै  बिगतमा भएका सम्झोतालाई बर्तमान सरकारले महत्व नदिएकोले  पुनः आन्दोलनललाई अझ सशस्कत बनाउनु परेको बतउनुभयो  ।   पत्रकार सम्मेलनमा सदभवना पार्टीका राष्ट्रिय
अध्यक्ष महतोले  बनेको संबिधानमा मधेसी, दलित , मुस्लीम , जनजाती, सिमानकृत वर्ग र पिछडा वर्ग
लगायत मधेसी समुदायको हक  अधिकार नभएकोले संबिधान कसेले पनि नमाने दावी गर्नुभयो  ।
 यस्तै अर्का नेता सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बिगतमा भएका २२ बुदै र ८ बुूदै समझोता अनुसार   बतर्मान सरकारले  कार्यन्योन गर्ने र   अहिले मधेसमा जारी शन्तिुर्ण आन्दोलनमा भइरहेको प्रहरी दमन रोकी तथा परिचालन गरिएको  सैना फिर्ता लिए मात्र वर्ताृ हुने बताउनुभयो  ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्