गुडिरहेको मोटरसाईकलमा आगो लाग्यो (तस्विर सहित)
Advertise Here Book Now
देउखुरी, १२-असोज / दाङको देउखुरीमा गुडिरहेको मोटरसाईकलमा आगलागी हुदा जलेर नष्ट भएको छ ।
पूर्वपश्चि राजमार्ग अन्तरगत दाङको लालमटिया ३ भालुबाङ पुलमा भे ३ प ५३५१ नम्बरको पल्सर मोटरसाईकलमा मंगलबार आफै आगलागी हुदा मोटरसाईकल ध्वस्त भएको हो ।
नेपालगञ्ज बाट पोखरा जादै गर्दा आगलागी भएको मोटरसाईकल धनि सलमान सिद्धिकीले जानकारी दिनुभयो । मोटरसाईकलको पछाडी १० लिटर पेट्रोल झुण्ड्याएर यात्रा गरिरहेको बेला साईलेन्सर पाईपको तापले उक्त पेट्रोलमा आगोबलेपछि मोटरसाईकलमा आगो लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।



