जारी मधेस आन्दोलनलाई धोका दिएको भन्दै फोरम लोकतान्त्रिक बारा र पर्साका नेताहरुद्वारा सामुहिक राजिनामा
Advertise Here Book Now



वीरगंज,असोज २५

जारी मधेस आन्दोलनको मर्म र भावना अनुरुप मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष बिजय कुमार गच्छदारले कदम चालेको र केपी ओली नेतृत्वको सरकारमा सहभागि भएको हुनाले  फोरम लोकतान्त्रिक बारा र पर्सा जिल्लाका नेताहरुले सामुहिक राजिनामा दिएका छन् । मधेस आन्दोलन चलिरहेको र मधेसको मुद्दा सम्बोधन हुन  नसकेको अवस्थामा पार्टीको अध्यक्षले मधेसको बिरोधमा कदम चालेकोमा कडा आपति जनाउदै पार्टीबाट राजिनामा दिएको पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका पर्सा जिल्ला अध्यक्ष शशीकपुर मियाँले बताए । मियाँको अनुसार प्रधानमन्त्रीको निर्वाचनमा संबिधान सभामा रहेका मधेस केन्द्रित दलहरु दुई चिरामा बिभाजित हुनु दुरभाग्यपुर्ण रहेको बताउदै केपी ओली र शुशील कोइरालालाई आफनो मत दिने मधेस केन्द्रित दलका नेताहरुको आफनो   नैतिकता गुमाएको आरोप लगाए । फोरम लोकतान्त्रिकका केन्द्रिय कोषाध्यक्ष बिरेन्द्रलाल नेपालीले मधेसको मर्म र भावना अनुरुप पार्टी अध्यक्षले कदम चालेकोमा बाध्य भएर राजिनामा दिएको बताउनुभयो ।मधेसको भावना संग फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार संगै महन्थ ठाकुर,उपेन्द्र यादव,महेन्द्रराय यादव ,राजेन्द्र महतो ,शरदसिंह भण्डारी ,अनिल झा,राजकिसोर यादव नेतृत्वको पार्टीहरुले समेत मधेसी जनतालाई झुक्याएको बताए । पत्रकार सम्मेलनमा पुर्वराज्यमन्त्रीद्वव कलावती पासवान,दुर्गा देवी महतो,बारा जिल्ला अध्यक्ष ओमप्रकास चौधरी,केन्द्रिय सल्लाहकारद्वव अधिवक्ता वकिल मियाँ,ईन्जिनियर प्रमोद पटेल,केन्द्रिय सदस्य कृपासिन्धु चौधरी,फोरम लोकतान्त्रिक पर्साका नेताहरु शुधिरनाथ पाण्डे,रामेश्वर पटेल,ईश्वरचन्द यादव, राजु गुप्ता, जमिला खातुन,सीता पटेल,चन्देश चौहान, बिपी यादव,बिरेन्द्र यादव,ईमामुदिन अहम्द,मजदुर नेता सुरेश गुप्ता लगायतका नेताहरुले पार्टी परित्यागको घोषणा गरेका थिए । फोरम लोकतान्त्रिक पर्साका अध्यक्ष शशिकपुर मियाँ र बारा अध्यक्ष ओमप्रकास चौधरी सहित केन्द्रिय नेताहरु सम्मिलित प्रेश बिज्ञप्तीमा बारा र  पर्साका सम्पुर्ण पार्टीका साथीहरुले राजिनामा दिएको दावी गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्