?गुलामीके जंजीरसे मुक्त कर?, लहानमा गुलामीको जंजीरसहितको जुलुस
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, २८ असोज । ‘गुलामीके जंजीरसे मुक्त कर’ भने नारा लगाउंदै लहानका आन्दोलनकारीले आज फलामे जंजिरमा बाधिएर जुलुस प्रदर्शन गरिएकोे छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र मधेशी युवा आन्दोलन परिचालन समिति लहानको विशेष आयोजनामा निकालिएको फलामे जंजिरमा बांधिएको जुलुसले मधेश र मधेशी गुलामीको जंजिरबाट मुक्त हुन जोडदार माग गर्दै प्रदर्शन गरेको सद्भावना पार्टीका लहान नगर अध्यक्ष एवं आन्दोलन परिचालन समितिका अध्यक्ष बालेश्वर यादवले बताए ।

आज ६१ औं दिनदेखि जारी मधेश आन्दोलन तेस्रोका क्रममा हजारौंको संख्यामा रहेको प्रदर्शनकारीले आफुहरुलाई यसै जंजिर सरह नै सरकारले दमन शोषण गर्दै गुलाम बनाएर राखेकोले सांकेतिक जुलुस लहान नगर परिक्रमा गरी सहिद चौकमा समापन गरिएको छ ।  सो कोणसभामा फोरम नेपालका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री राजलाल यादव, सद्भावनका सहमहासचिव राजकुमार गुप्ता राजु, सद्भावनाका बालेश्वर यादव, तमलोपाका सिरहा जिल्ला सचिव राकेश झा, मुस्लिम स्वायत्त परिषद्का केन्द्रीय अध्यक्ष महमुद आलम, विद्यार्थी मन्चका विजय यादवलगायतले जबसम्म हामीे यो गुलामीको जंजीरबाट मुक्ति हुदैन् तबसम्म हामी आन्दोलन जारी राख्ने बताएका छन् ।

नेपालमा आधा भन्दा बढी जनसंख्या रहेको मधेशी थारुलाई खस शासकले गुलामी बनाएर राखेका छन् भने आन्दोलनकारीको मुख्य माग संघीयको सिमांकन, स्वायत्त मधेश प्रदेश, समानुपाति, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगायतको माग राख्दै आन्दोलन गदै आएको सद्भावनाका बीरेन्द्र यादव विरुको धारणा रहेको छ  । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्