अबको प्रधानमन्त्री कसलाई बनाउने छलफल
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम १६
असोज । सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउने बेला नेपाली काँग्रेस र
एमालेबिच भएको भद्र सहमती नतोडीए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
प्रधानमन्त्री बन्ने निश्चित प्राय नै छ । शुक्रबार बाट नै सुशील कोइराला
नेतृत्वको सरकार कामचलाउमा परिणत भएसँग नयाँ सरकार गठनको तयारी सुरु भएको
हो । यसैबिच प्रधानमन्त्री कोइरालाले शुक्रबारको संसद बैठकमार्फत पदीय
जिम्मेवारीबाट अलग रहने घोषणा गरेसँगै राष्ट्रपतिबाट पनि सहमतीय सरकारको
लागि आह्वान भएपछि दलहरु नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।नयाँ संविधान २०७२ को धारा २९८ को उपधारा २ बमोजिम सहमतीय सरकारका लागि संसदमा रहेका सबै ३१ वटा दलको अनिवार्य सहमति आवश्यता अनुसार प्रक्रिया अगाडी बढाइएको हो । जसअनुरुप आउँदो असोज २१ गते भित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउनुपर्ने प्रावधान छ । यसबीचमा सहमतीय सरकार बन्न नसके २२ गते बहमतीय प्रक्रिया सुरु हुन्छ ।
यसैबिच तत्कालीन समयमा भएको सहमती नतोडीए एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने संभावना प्रवल छ । त्यसमा कांग्रेस, एकीकृत माओवादीसहित अरु दल पनि सहभागी हुने संभावना पनि प्रवल छ । बिबिसीसँगको अन्र्तवार्तामा एमाओवादी अध्यक्ष प्रचण्डले आफु निर्शत सरकारमा सहभागी हुने कुरा एक सात अघि नै बताइसकेका छन् ।
जसअनुसार एमालले पनि लविगं सुरु गरिसकेको छ ।तर अन्य दलहरुले एमाले नेतृत्वमा सरकार बन्ने संकेत गरेपनि कांग्रेसका नेताहरुले यसबारे प्रष्ट बोलेका छैनन् । १६ बुँदे सहमति भएलगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्नेबारे कुनै सहमति नभएको प्रतिक्रिया दिएसँगै प्रधानमन्त्री चयन प्रक्रिया पनि लम्बिने जानकारहरु बताउँछन् ।
काँग्रेस नेतृत्वमा संविधान जारी भएपछि काँग्रेसले फेरी पनि आफ्नै नेतृत्वमा सरकार संचालन गर्न चाहेको बताइन्छ । जसका लागी कांग्रेस नेतृत्वमा सहमतीय सरकार गठन हुने अवस्था आएमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पनि दावी गर्नेछन् । तर कोइरालाले सोचेजस्तो उनकै नेतृत्वमा फेरि सरकार गठन हुने सम्भावना नरहेको जानकारहरु बताउँछन् ।

