ट्र्याक्टरले किचेर युवकको मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम लहान, १० कात्तिक । सिरहाको मिर्चैया नगरपालिका–८ कमल दहनजिक आज अपराह्न ट्र्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–१० का करिब १७ वर्षीय उपेन्द्र ठाकुर रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । स्थानीय घुर्मी खोलाबाट बालुवा बोकेर आउँदै गरेको स१त ४३५२ नंको ट्र्याक्टरले कमल दहनजिक बाटो काट्न खोजेका ठाकुरलाई किच्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्र्याक्टर चालक गोलबजार नगरपालिका–१० का रञ्जित यादव र ट्र्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
मृतक ठाकुरको शवलाई शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा यामप्रसाद मुरारका स्मारक अस्पताल पठाइएको प्रहरी निरीक्षक निरौलाले उल्लेख गर्नुभयो ।
मधेसी मोर्चाले पूर्व पश्चिम सडक र सहायक सडकमा सवारीसाधन अवरोध गरेको भए पनि भित्री ग्रामीण क्षेत्रमा कृषि कर्म र निर्माण सामग्रीका रुपमा गिट्टी बालुवा बोक्ने ट्र्याक्टरलाई छुट दिएका छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्