सिरहाको ठाढी स्थित नेपाल–भारत सीमामा बाँसको ढाट राखेर नाका बन्द.....................
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम शुक्रबार १३ कार्तिक ठाढी (सिरहा)– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहाको ठाढीस्थित नेपाल–भारत सीमा(दशगजा) मा बाँसको ढाट राखेर नाका बन्द गराएका छन्।
सिरहाको ठाढीस्थित नेपाल भारत सीमा दसगजामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोटरसाइकल रोक्न राखेको ढाट। तस्विरः मिथिलेश यादव
मोर्चाका कार्यकर्ताले भारतीय नम्बरका मोटरसाइकललाई आरपार गर्न छूट दिएपछि नेपाली नम्बरका मोटरर्साकललाई पारी जान रोक लगाएको छ ।
ढाट नजिक बसेका मोर्चाका कार्यकर्ताहरु भारतीय 

सहर लौकाहा जाने नेपाली मोटरसाइकललाई वारी रोकेर सीमापारी पैदलै हिँडेर जान लगाउँछन् । सीमापारी भारतीय सीमा सुरक्षा बल यो दृष्य चुपचाप हेरिरहेका हुन्छन्। नेपाली सशस्त्र सीमा सुरक्षा बल(सशस्त्र प्रहरी) २ सय मिटर उत्तर ब्यारेकमा चुपचाप बसिरहेका हुन्छन् ।खुल्ला सीमाबाट भारतीय सहर लौकाहा प्रवेश गरेका नेपाली नम्बरको मोटरसाइकल मूख्य नाका(ढाट राखेको) बाट प्रवेश गर्नासाथ मोर्चाका कार्यकर्ता झम्टी हाल्छन् । मोर्चा कार्यकर्ताले मोटरसाइकलको तेल ट्यांकी खोल्न लगाउँछन्। ट्यांकीमा पाइप(प्लास्टिकको पाइप) छिराएर पेट्रोल सडकमा पोख्छन्, अनी सलाइ कारेर आगो फुक्छन् ।छेउछाउका खुल्ला नाकाबाट पनि नेपाली मोटरसाइकल प्रवेश गरे फर्कीने बेला त्यो मोटरसाइकलको पेट्रोल ट्यांकी मोर्चा कार्यकर्ताले खाली गरिहाल्छन्, सडकमा पाखेर । भारतीय सहर लौकाहाबाट दैनिक उपभोग्य सामान खरिद गर्ने यस क्षेत्रका आम उपभोतmा मोर्चाको पेट्रोल पोख्ने रबैयाबाट आजित बनेका छन् । ठाढीमा भेटिएका लहानका निरज यादवले नागरिकसँग गुनासो पाखे, 'लौकाहा आउने हरेक व्यतिmलाई मोर्चाले 'तेल तस्कर' को नजरले हेर्नु गलत हो । भान्सामा चाहिने दैनिक उपभोग्य सामान किन्न आउँदा मोर्चाले मोटरसाइकलबाट तेल सडकमा पोखिदिन्छ उनले थपे, 'तेल तस्करको धन्दा चलेकै छ हामी बिनाकाममा यातना भोख्दै छौ।'ठाढी सीमाका एक स्थानीयले भने, 'रातको स्कर्टिङ चलेकै छ, माफियाले कमाएकै छ मारमा पर्ने हामी जस्ता निमुखा सर्वसाधारण ।' दशगजामा बलजफ्ती ढाट राखेर वारीपारी गर्ने जनतालाई सास्ती दिएकै छ उनले भने, 'त्यमाथि कुरै नबुझी मोटरसाइकलको ट्यांकीमा पाइप छिराएर तेल पाखिदिन्छ, यो कस्तो आन्दोलन !'सीमामा नाकाबन्दी गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता बेचन यादवका अनुसार पारी(लौकाहा) बाट पेट्रोल, डिजल खरिद गरी बाहिर (काठमाडौं, पोखरा) पठाई कालोबजारी गर्नेलाई निरुत्साहित पार्न पारिबाट आउने मोटरसाइकलमा कडाई गरिएको हो। हामीले ग्यालेनमा तेल ल्याउन रोकेपछि पारी मोटरसाइकलको ट्याकी भरेर वारी खन्याउने र फेरी पारी पुगेर ट्याकी भरेर तेल तस्करी गर्ने पाइएपछि पारीबाट आउने मोटरसाइकलको तेल ट्यांकी चेकजाँचमा कडाई गरिएको यादवको दाबी छ ।‪#‎nagariknews‬

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्