भक्तपुर प्रहरीमाथि लुटेरा समूहको आक्रमण
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम २३ असोज/ राजधानीको भक्तपुर जिल्लामा प्रहरीमाथि लुटेरा समूहले आक्रमण
गरेका छन् । मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थलीमा लुटेराले शुक्रबार ढुंगा
प्रहार गर्दा महानगरीय प्रहरी प्रभाग बालकोटमा कार्यरत प्रहरी जवान
भिमबहादुर चौधरी घाइते भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
लोकन्थली निलो पुलमा चेकिङमा खटिएको अबस्थामा ललितपुर महालक्ष्मी नगरपालिका–४ टिकाथली बस्ने ४० वर्षीय दिपक अधिकारीलाई अपरिचित ब्यक्तिले लुटन खोज्दा नियन्त्रणमा लिनेक्रममा लुटेराले प्रहरीमाथि ढुंगा प्रहार गरी फरार भएको थियो ।
घाइते चौधरी गठ्ठाघर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । ढुंगा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।