मोर्चाका नेता कायकर्ता चौबिसै घण्टा बोर्डरमै
Advertise Here Book Now

असोज, जनकपुरधाम । मधेश आन्दोलनलाई अझ कडारुप दिन असोज ८ गतेदेखि थालिएको नाकाबन्दी कायमै छ । संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय मधेशी मोर्चा लगायत आन्दोलनमा सहभागी संघ संगठनले धनुषा लगायत अन्य जिल्लाहरुमा पर्ने नेपाल–भारतको बोर्डरमा  आफ्ना नेता कार्यकर्तालाई तैनाथ राखेका     छन् । 
त्रिपाल, खानपीन तथा अन्य बन्दोबस्तीका सामानका साथ आन्दोलनकारीहरु चौबिसै घण्टा बोर्डरमा तैनाथ रहेको नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य राजीव झाले बताए । नेपाल–भारतको बोर्डरमा धर्ना दिएर नाकाबन्दी गरेका आन्दोलनकारीहरुले भारतबाट कुनै पनि मालवाहक सवारी साधन, खाद्यान्न सामाग्री , पेट्रालियम पदार्थ लगायतका सामाग्री नेपाल भित्रिन दिएका छैनन् ।झाका अनुसार धनुषाको जटही, दुहबी, महिनाथपुर, खजुरी, इनरुवा, भररीया, तुल्सियाही जब्दी, मुसहरनियाँ लगायतका मुख्य तथा साना नाकाहरुमा मोर्चाका नेता कार्यकर्ताले निगरानी गरिरहेका छन् । त्यसैगरि महोत्तरीको भिामोड, मटिहानी, सम्सी, कटैया , बथनाहा, मनराकट्टी लगायतका नाकाहरुमा मोर्चाका कार्यकर्ताहरु धर्ना दिंदै आएको उनले बताए । नाकाबन्दीका कारण राजधानीको जनजीवन अस्तव्यस्त बनेको      छ । विभेदपूर्ण संविधानको विरोधमा डेढ महिनादेखि आन्दोलन जारी रहेपनि मधेशका मुद्दाप्रति राज्यले उत्सकुता नदेखाएपछि मोर्चाले नाकाबन्दी गर्ने निर्णय गरेको थियो ।                              स्रोत :मधेश नियुज 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्