सिरहामा कांगे्रस, एमाले र माओवादी छोडेर सयौं फोरम नेपालमा प्रवेश
Advertise Here Book Now
सरोज कुमार पासमान
असोज २0 सिरहा । सिरहा नगरपालिका १० नरहैयामा संघिय समाजवादी फोरम नेपाल द्वारा पार्टी प्रवेश कार्यक्रम गरिएको छ । फोरमका सह–सचिव अशेस्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा फोरम नेपालका केन्द्रिय कोषाध्यक्ष विजय यादव, सिरहा जिल्ला अध्यक्ष किशोरी यादव लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
संघीय समाजवादी फोरमको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस, एमाले, माओवादी लगायतका पार्टी छोडेर दुई सय फोरम नेपालमा प्रवेश गरेको छ ।
एमालेका नवल किशोर, अनिल कुमार कर्ण, जोगिन्द्र कामती कांग्रेसका पंचा कामती र एमाओवादीका अशोक पंडित लगायतका विभिन्न पार्टीका कार्यकर्ताहरु संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेको हो । कांग्रेस, एमाले र माओवादी मधेश बिरोधी पाटी भएकोले यस्तो पहाडे पाटी छोडेर आफुहरु मधेशवादी र मधेशको अधिकार दिलाउन सक्ने पाटीमा प्रवेश गरेको पाटी छोडेर प्रवेश गरेकाहरुले जानकारी दिए । मधेशको अधिकार दिलाउने सवालमा सरकार बहिरा भएकाले हामी सबै मधेशी एक भएर सरकारको बिरोध गर्नु बाहेक अर्को विकल्प नरहेको संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष किशोरी यादवले बताए ।
पाटी प्रवेश कार्यक्रममा बोल्दै संघिय समाजवादी फोरम नेपालका कोषाअध्यक्ष विजय यादवले भने,‘जारी रहेको नाका बन्दी हामीले अधिकार प्राप्त नभए सम्म जारी राख्छौ ।’
यसले पनि मधेश बिरोधी सरकार सुनेन भने आन्दोलनको स्वरुप अझ परिवर्तन गरि मधेशबाट सरकारलाई तिर्ने गरेको सम्पुर्ण राजस्व बन्द हुने र बिरोध कार्यक्रमलाई कडा बनाउने उनले चेतावनी दिए ।