जागेको मधेश, चुकेको काठमाडौ ।2
Advertise Here Book Now

विरगंज रक्सौल सिमा नजिकै आन्दोलनकारीले आज टायर वालेर प्रर्दशन गर्दै
विरगंज  
आज मात्रै फेरी एमाले सन्दर्भमा एउटा समाचार आयो, एमाले मधेश केन्द्रित अभियान थाल्ने रे । मधेशमा गएको ४६ दिन देखि आन्दोलन चलीरहदा एमालेको वारेमा यही शिर्षक सम्भवहत ६ चोटी यो समाचार आईसकेका छन । तर आज दिउसो विरगंज पुग्ने वितिकै केहि साथीहरुलाई स्थानिय अवस्थाको वारेमा सोध्दा उनीहरुले त्यसलाई खिल्ली उडाए । एक स्थानिय पत्रकार भन्छन, हेर्नुस त काठमाडौमा केपी ओली र एमालेको निर्णयहरु आको आइ छन तर विरगंजमा उनका सभासद एक रात आफनो घरमा विताउन  सक्ने अवस्था छैन । मैलै अली प्रष्टाउन आग्रह गर्दा उनले सविस्तार चर्चा गरे । ३ असोजमा प्रमुख दलहरुको सहमतीमा नयां सविद्याँन जारी भएर पछि पर्सा वाट प्रत्यक्ष निर्वाचित एमाले सभासद विचारी यादव जिल्ला त आए तर एक दिन पनि याहा वस्न सकेन । उनलाई आफनो घरमा बस्न त्रास भए पछि छिमेकीहरु संग एक रातको बासको माग गरे तर छिमेकीहरुले समेत एमालेका नेता भएका कारण आफुहरु बास नदिने वताए पछि यादव त्यही दिन याहा वाट विस्थापित भए । स्थानियहरु भन्छन, एक रात आफनो घरमा विताउन नसक्नेहरुले मधेशमा अभियान चलाउन आउदै छन, यो कुरा सुनेर विरगंजमा मानिसहरु हासोठटाको रुपमा त्यसलाई उडाउने गर्छन । 

विरगंजका एक जना नागरिक अगुवा फुलमह्म्द मिया भन्छन, जारी मधेश आन्द्योलन प्रति काठमाडौले देखाएको रवैयाले मधेशी समाजमा काठमाडौ प्रतिको सोचमै उथलपुथल ल्याइ दिएको छ । मिया भन्छन, तपाई सहर वजारको कुरा अब मात्र नर्गुस, हिडनुस गाउ गाउ त्याहा के भईरहेको छ म देखाउछू तपाईलाई । उनका अनुसार मधेशी समुदायले नयां संविद्यानमा आफुहरुलाई नसमेटिकन काठमाडौ अघि वढेकाले अव उनीहरु संग आर कि पारको लडाई गर्नु पर्छ भन्ने मनस्थिती बनाएको देखिन्छ । उनी भन्छन, आज ४६ दिन भईसक्यो तर याहाको मधेशी समुदायमा रती पनि फिकिर छैन, सबैको तपाई एउटै आवाज सुन्नु हुन्छ, अधिकार नपाउन्जुल आन्द्योलन जारी राख्नु पर्छ ।


विरगंज रक्सौल नाकामा धर्नामा बसेका आन्दोलनकारी महिला समुह

विरगंज स्थिती सुर्जी माविका शिक्षक उत्तम गुप्ताको भनाई पनि नागरिक अगुवा मिया संग मिल्दोजुल्दो देखिन्छ । गुप्ता भन्छन, याहा एउटा पार्टी वा यो वा त्यो छैन, आन्द्योलनमा सवै तह र तप्काको मानिसहरु होमिएका छन । हामी सवै शिक्षकहरु नैतिक समर्थन मात्रै होईन नारावाजी गर्दै प्रर्दशन गर्न जान्छौ, नाकामा जारी धर्नामा आफनो छुटै शिक्षकहरुको समुह बनाएर हामी धर्नामा सहभागी हुन्छौ । गुप्ताका अनुसार पर्साका शिक्षकहरुले औपचारिक रुपमै जारी मधेश आन्द्योलनलाई अधिकार प्राप्तिको आन्दोलन भन्दै त्यसमा समर्थन र सहभागी हुने निर्णय गरेका छन । 
विरगंजमा हालै पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको सालिकलाई तोडफोड गरिदै

काहा चुक्यो काठमाडौ ? 
विरगंजका नागरिक अगुवा मियाको बुझाइमा काठमाडौको सताले मधेशलाई अझै उचित सम्बोधन गर्ने पक्षमा छैन । उनी प्रश्न गर्दै भने, नत्र अखण्डको आन्दोलन हुदा त्इसको समबोधन हुने, सुर्खैतको आन्दोलत हुदा त्यसको उचित सम्बोधन हुने, बाग्लुंगको आन्द्योलन हुदा त्यसको उचित सम्बोधन अनि थारु र मधेशीहरु ४६ दिन सम्म आन्दोलन जारी रहदा पनि अझै यसलाई वेवास्ता गर्ने । उनी भन्छन, काठमाडौ यही निर चुकिरहेको छ, जसको चर्को मुल्य उसले चुकाउनु पर्ने हुन्छ । उनी जस्ता नागरिक अगुवा देखि समाजका विभिन्न तह तप्का नागरिकहरुमा अहिले मधेश तीर एउटै आवाज सुन्नमा पाइन्छ, विना अधिकार प्राप्ती यो आन्द्योलनलाई तुहाउनु हुदैन । आज साझं विरगंज रक्सौल नाकामा धर्नामा बसेका ६० बर्षीय सिताराम गुप्ता भन्दै थिए, सुन्नमा आईरहेछ कि काठमाडौ फेरी अर्को वाहानाको खेती गर्दै छन  । सुशिल कोईराला प्रधानमन्त्रीवाट राजिनामा दिदै छन रे । अनि फेरी त्याहावाट आउला नि नयां प्रधानमन्त्री नबन्नुजेल आन्दोलन, नेताहरु होसियार । आन्दोलनमा रहेका मधेशी समाजमा काठमाडौ अर्थात केन्द्रिय शासन प्रणली प्रति रती पनि विश्वास देखिदैनन । हरेक कुरालाई अत्यद्यिक शंकाको दृष्टिले हेरिने गर्छन । नागरिक अगुवा मिया भन्छन, यसले हामीलाई गम्भिर दुर्घटनाहरु निम्तयाउन सक्छ, त्यसैले समयमै नचेते ठुलो दुर्घटना हुन सक्छ । उनी भन्छन, काठमाडौ अव मधेशको मागलाई सम्बोधन गर्न जती ढिलाई गर्ने छन, उनले त्यती नै वढी मुल्य चुकाउनु पर्ने हुन्छ ।यो लेख दलन नेपालवाट साभार गरिएको हो। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्