भारतले सानो चित्त देखाउँदा मधेशी नेताप्रति अविश्वास बढ्यो
Advertise Here Book Now

एकीकृत नेकपा माओवादीबाट राजीनामा दिएर स्वतन्त्र नागरिक बन्ने घोषणा गर्दै मधेश आन्दोलनला मध्यस्थता गर्न तम्सिनुभएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराईका विषयमा भारतले सानो चित्त देखाउदा मधेसी नेताप्रति अविश्वासको वातावरण बनेको आरोप लगाउनुभएको छ ।
निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा उद्योगी व्यवसायीसँग राजधानीस्थित अन्नुपूर्ण होटलमा छलफल गर्दै डा. भट्टराईले सो आरोप लगाउनुभएको हो ।
कार्यक्रममा उहाँले आफूमाथि अफवाह फैलाइएको दुःखेसो गर्दै प्रमुख राजनीतिक दलहका नेताहरु तराई नगइरहेका बेला आफू जनकपुर गएको बर केही सकारात्मक वातावरण पनि बनेको दावी गर्दै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु डराइरहेका भए पनि त्यहाँ गएर सम्बोधन गरे । संबिधान नै जलायो भनेर अपबाह फैलाइएको उहाँको गुनासो थियो ।
पार्टीबाट बाहिरिए पनि आफू राजनीतिबाट पलायन नहुँने बताउँदै उहाँले राजनीतिबाट पलायन हुन लाग्यो कि भन्ने जिज्ञासा धेरैको छ तर मैले किन पार्टी छाडे विस्तारै तपाईहरुलाई बुझाउदै पनि बताउनुभयो ।
कार्यक्रममा डा. भट्टराईले मधेसी दलहरुसँग केही दिनमै समझदारी हुने पनि दावी गर्नुभयो । सरकार र मधेसी मोर्चाबीच वार्ता सुरु भएको देखाउदै केही दिनमै समझदारी जुट्ने बताउनुभएको हो ।
भट्टराईले निजी क्षेत्रका संघसंस्था र व्यक्तिहरुको सहभागीतामा ईकोनमिक पोलिसि फोरम निर्माण गर्ने प्रस्ताब समेत राख्नुभएको छ । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स, गैर आबासिन नेपाली संघ लगायत उक्त फोरम निर्माणको प्रस्ताब उनले गर्नुभएको हो ।
कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले भने तराईको तत्कालको वाताबरण सल्टाउन आग्रह गर्दै त्यसपछि भट्टराईलाई साथ दिने बताएका थिए। 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्