प्र.म. कोइरालाको संविधान संशोधन प्रस्तावपछि ओली आक्रोसित,वलीले भने किन संसोधन गर्ने ?
Advertise Here Book Now

असोज १४ । काठमाडौं । संसद अधिवेशनको पूर्वसन्ध्यामा प्रमुख तीन दलको बैठकमा नयाँ सरकार गठनको एजेण्डाले सुरुमा नै राजनीतिक गर्मि बढाएको  छ । भोलिबाट संसद सुरु हुँदैछ, नयाँ सरकारबारे छलफल नगरी कसरी जाने भन्दै एमाले अध्यक्ष केपी ओलीले सरकारको एजेण्डालाई प्रवेश गराएका थिए । प्रधानमन्त्री सुशील कोइरालाले संविधान संशोधन नगरी राजीनामा नदिने संकेत गरेपछि केपी ओलीले आक्रोसित हुदै प्रधानमन्त्रीले राजीनामा दिने र एमालेले सरकारको नेतृत्व गर्ने विगतमा सहमति भएको बैठकमा स्मरण गराउदै आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री कोइरालाले भने मेरो चिन्ता नगर्नुस्, म छोड्छु  तर देशको यो बिकराल स्थितिलाई कसरि समाधान गर्न अहिलेको आबस्यकता छ ।उनले मधेसी मोर्चासँग सहमतिका लागि संसदको पहिलो बैठकमा नै समानुपातिक समावेशी र निर्वाचन क्षेत्रबाट संविधान संशोधन गर्नुपर्ने सर्त अघि सारेका छन् ।
प्रमुख तीनदलले सामाजिक न्यायको हकमा समानुपातिक समावेशी सुनिश्चित गर्ने र हाल कायम जिल्लाको भूगोलमा एक निर्वाचन क्षेत्र नहट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्ने व्यवस्था थप्न संविधान संशोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाएका छन् ।
तर, प्रधानमन्त्री कोइरालाले संसदको पहिलो बैठकबाटै संविधान संशोधन गर्ने प्रस्ताव राखेपछि ओली आक्रोसित हुदै ठाडो रुपमा  प्रधानमन्त्री कोइरालालाई संविधान कार्यान्वयन गर्ने बेलामा केको संशोधन भन्दै थर्काएको स्रोतले बतायो ।
जवाफमा प्रधानमन्त्री कोइरालाले पनि त्यसो हो भने म पनि सोच्छु भनेका छन् । स्रोतका अनुसार -‘कोइराला संविधान संशोधन गरेर मात्रै राजीनामा गर्न चाहन्छन् ।’

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्