जिप पल्टीदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु ११ जना घाइते
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ३० असोज /तुलसीपुरबाट सल्यानको गांडापानीतर्फ जाँदै गरेको जिप किउरेनीमा पल्टिँदा जिप चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।




रा१ज ४६२ नम्बरको यात्रुबाहक जिप शुक्रबार बेलुका धनवाङ गाविस–४ को किउरेनीमा सो दुर्घटना भएको हो ।

राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिप चालक धनवाङ गाविस–७ का मानबहादुर घर्ती र धनवाङ गाविस–८ निवासी पुष्पा डांगी रहेका छन् ।

सो दुर्घटनामा परी घाइते भएका ११ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्