सिरहामा नेपाली सेना हाइ एलर्टमा
Advertise Here Book Now

राम नारायण पंडित,सिरहा, ७ मंसिर ।
आन्दोलन उग्र बन्दै गएपछि सिरहामा नेपाली सेनालाई हाईएलर्टमा राखिएको छ । रातीको समयमा प्रहरी स्कटिंगमा संचालन भईरहेको सबारी साधन रोक्न सडकमा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी घाइते बनाई सबारी साधन संचालन गरेको विरोधमा आज बिहानदेखि भएको प्रदर्शन उग्र बन्दै गएपछि सिरहामा नेपाली सेनालाई हाइ एलर्टमा राखिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले साँझ सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको अवस्थाको आधारमा स्थानीय प्रशासन ऐनले दिएको अधिकार अनुसार दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने अधिकार आफूलाई दिएको जानकारी दिनुभयो ।सडकमा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्ताहरुलाई बल प्रयोग गरेर हटाएको विरोधमा लहानमा आज इलाका प्रहरी कार्यालय अगाडि टायर बालेपछि शुरु भएको प्रदर्शनकारी र प्रहरीबीचको झडप भएको थियो । यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राम के.सी.ले प्रहरीलाई ताकेर ढुङ्गामुढा गर्न थालेपछि प्रदर्शनकारीहरुलाई धपाउन सामान्य बल मात्र प्रयोग गरेको दावी गर्नुभयो । त्यस्तै, सिरहाको गोलबजार, चोहर्वा, मिर्चैयामा पनि दिनभर प्रहरी र प्रदर्शनकारीबीच पटक पटक ढुङ्गा हानाहान भएको छ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्