ऑनलाइन सिरहा डटकम २३ कार्तिक / सप्तरीको पूर्व–पश्चिम
राजमार्गमा धर्नामा बसेका मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुमाथि
प्रहरीले लाठी चार्ज गर्दै प्रहरी करिब दुई दर्जन आन्दोलनकारीहरुलाई पक्राउ
गरेका छन् भने डेढ दर्जन घाइते भएका छन् ।
जिल्लाको भारदह र रुपनीमा प्रहरीले बल प्रयोग
गर्दै धर्नामा बसेकाहरुलाईलाई आइतवार राती ११ बजेको समयमा नियन्त्रणमा
लिएका हुन् । राजमार्गमा रोकिएका गाडीहरु स्कर्टिङ्ग गराउने क्रममा
प्रहरीले भारदहबाट राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष
शेखर कुमार सिंह, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष
विकास कुमार तिवारी, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश कुमार
सिंह, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झा, राष्ट्रिय मधेश
समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, कौशल मण्डल, श्याम
यादव, तेजनारायण यादवलगायतका रहेका छन् ।
पक्राउ परेका आन्दोलनकारीहरुलाई स्थानीय ईलाका प्रहरी कार्यालय भारदहमा
राखिएको छ । प्रहरीले आन्दोलनकारीहरुमाथि बल प्रयोग गर्नुका साथै आश्रयका
लागि टाँगिएको पाल समेत भत्काएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष
सुनिलकुमार झाले जानकारी दिएका छन् । उनका अनुसार धर्ना हटाउने क्रममा
प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेका कारण व्यापक संख्यामा आन्दोलनकारीहरु
घाइते भएका छन् ।
यसैगरी राती करिब ११ बजेको समयमा रूपनीबाट समेत केन्द्रीय नेता तथा
कार्यकर्ताहरु पक्राउ परेका छन् । राजमार्गमा टायर बालेर नाराबाजी गरिरहेको
अवस्थामा प्रहरीले लाठीचार्ज गर्दा मोर्चाका स्थानीय युवानेता केदार यादव
,अशोलाल यादव लगायत करिब एक दर्जनं सख्त घाइते भएका छन् ।
लाठी चार्जबाट आन्दोलनकारी आसोलालको टाउँकोमा गम्भीर चोट लागेको
विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव ‘केसी’ले जानकारी
दिएका छन् ।
सयौंको संख्यामा रहेका प्रहरीले बल प्रयोग गर्दै पूर्वमन्त्री मृगेन्द्र
यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह,
सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी ,युवा नेता दिनेश कुमार
यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव ,
मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादव ,
विद्यार्थी मञ्चका केन्द्रीय सदस्य शम्भु यादव, फोरम नेपालका जिल्ला
अध्यक्ष दिनेश यादव, ३ फोरमका क्षेत्रीय अध्यक्ष.नवनित झा, मातृका यादव
नेतृत्वको माओवादीका केन्द्रीय सदस्य महेश यादव, राजनीतिकर्मी सत्यनारायण
यादव, मधेशी मोर्चा राजविराज नगर समितिका संयोजक उमेश प्रसाद साह कमाण्डो,
तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सदस्य फनिकान्त झा, दयानन्द यादव
,विशेश्वर यादव, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष
नरेन्द्र यादव लगायतका नेताहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय
रुपनीमा राखिएको मोर्चाका सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले
जानकारी दिए । यता प्रहरीको लाठीचार्जबाट घाइते भएका आशोलाल यादव,
बिपिनचन्द्र देव शम्भु प्रसाद यादवको राजविराज स्थित गजेन्द्रनारायण सिंह
सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यसैगरी घाइते युवा नेता केदार
यादव उपचार गराएर घर फर्केका छन् ।
सप्तरिमा प्रहरीद्वारा लाठीचार्ज, डेढ दर्जन आन्दोलनकारी घाइते
Advertise Here Book Now

