ऑनलाइन सिरहा डटकम कात्तिक २३/ इलाका प्रहरी कार्यालय लहान र जिल्ला वन कार्याल लहानको
संयुक्त गस्तिटोलीले सिरहाकै तरेगना गोविन्दपुरबाट–५ बाट वितेराती एक सय ८०
केजी प्रतिवन्दित लागुऔषध गाजाँ, एक थान अमेरिकी पोस्तोल सहित तीनजनालाई
पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा त्यहाँ पुगेको सुरक्षाकर्मिहरुको
टोलीले गएराती उदयपुर भलायोडाडाँ–३ का ४६ वर्षिय मदन मगर, १८ वर्षिय
राजकुमार विश्वकर्मा र तरेगना गोविन्दपुर–८ का गणेश चौधरीलाई गाँजा सहित
नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । प्रहरीले
मदन मगरको साथबाट यूएस लेखिएको अमेरीकी पेस्तोल र त्यसमा लाग्ने २ थान गोली
समेत बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिएका तीनैजनालाई इलाका प्रहरी
कार्यालय लहानमा राखि थप अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरुमाथि लागु
औषध ओसारपोसार सम्वन्धि मुद्दा लागाउने तयारी भईरहेको जनाएको छ ।
लहनमा ३ गाँजा तस्कर पक्राउ
Advertise Here Book Now

