मधेश र पहाड अलग भए नेपालको अस्तित्व समाप्त हुन्छ : उपप्रधानमन्त्री केसी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक २९/उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मधेसलाई पहाडबाट अलग गरेर प्रदेश बनाए नेपाल नै नरहने चेतावनी दिएका छन । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा उनले भने,‘ तराई पहाड र हिमाल एक अर्कासँग निर्भर भूमि हुन । तराईलाई पहाडबाट अलग नगरी नहुने, सुनसरी, मोरङ, झापा, कैलाली कञ्चनपुर नभई नहुने कुराले समथर भु–भाग किन छुट्याउन खोजिदैछ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ के गर्न खोजेको भनेर ?’ उपप्रधानमन्त्री केसीले तराई पहाडबाट अलग गरिए नेपाल नरहने भन्दै त्यो कुरा कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारे । केसीले भने,‘एउटा प्रदेश पहाडबाट अलग हुँदा त त्यसैलाई आधार बनाएर दानापानी रोके भने अरु पनि अलग गरे के हुन्छ ?’ उनले २०४५ सालको तेह्र महिने नाकाबन्दीपछि नेपालीहरु अब यस्तो गर्दैन भनेर ढुक्क भएर उद्योग धन्दा मरेको भेडाको मुल्यमा बिक्री गर्दा अहिलेको अवस्था आएको भन्दै नेपालीहरु चारो हाल्दा खाने ब्यावाईलर कुखुरा जस्तो भएको बताए । उनले भने,‘भएका कलकारखाना आर्थिक उदारिकणको नाममा मरेको भेडाको मोलमा बेचेर नेपाल आत्मनिर्भर पनि हुँदैन, यहाँ गरिबी निवारण पनि हुँदैन ।’ उपप्रधानमन्त्री केसीले भारतले घोषित रुपमा नाकाबन्दी लगाउन नसक्ने भएकोले नै अघोषित रुपमा लगाएको दावी गर्दै यस्तो अघोषित नाकाबन्दीमा भारतले लामो समयसम्म ढिप्पी गर्न नसक्ने भएपनि तत्कालै भने यो खुल्ने संकेत नदेखिएको बताए । उनले भने,‘आफू खुर्सानीको ढिडी र आलु फलाउन नसक्ने, प्राकृतिक स्रोतको खोजी गर्न नसक्ने, खोर्सानीको ढिडी देखि हवाईजहाजसम्म अरुले फलाई दिने र हामी बसेर खाने ब्यवहारले अहिलेको अवस्था आएको हो ।’ उनले आफू संघीय प्रणालीको विरोधी नभई नेपालमा यो अनुपयूक्त हुन्छ भनेर मात्रै भनेको उल्लेख गर्दै भने,‘संघीय प्रणाली धेरै मुलुकमा असफल भएकोले यहाँ ठिक हुँदैन भनेर भनेको हो । कोही रिसाउलान भनेर अरुले भन्न नसकेका हुन । राष्ट्रिय अखण्डता, राष्ट्रियता र सार्वभौमिकतामा कसैसँग सम्झौता गर्दिन ।’ मधेसको समस्या नेपालको समस्या भएकोलेलाई यो अन्य मुलुकले टुङग्याउने विषय नभएको स्पष्ट पार्दै उनले. नेपालीको समस्या नेपाल भित्रै आफ्नो ढंगले टुङग्याउने बताए । उपप्रधानमन्त्री केसीले भने,‘ कसैको स्वार्थ अनुसार सार्वभौमिकतामा आँच आउने गरी संघीयताको सीमांकन टुङगिदैन । २०६२÷६३ देखिकै योजनामा अहिलेको समस्या हो । राज्यको पुर्नसंरचना हाम्रो अधिकार हो । कसैको चाहना पुरा गर्न सीमांकन गर्न सकिदैन । अखण्डता र सार्वभौमिकतामा आँच पूग्ने गरी केही गर्दैनौ ।’ उनले थपे,‘ नेपाली जनताको चाहना अनुसारको संविधान बनाएको सजाय भोगिरहेका छौ । सरकार प्रमुख पनि स्वतन्त्र रुपले चुन्यौ मुलुकले त्यसको परिणाम नाकाबन्दी हो । भारतका जनता र मिडियाले पनि यसको विरोध गर्न थालिसकेका छन त्यसैले यो धेरै दिन टिक्दैन ।’ उपप्रधानमन्त्री केसीले पारवहन अधिकार अन्तर्राष्ट्रिय अधिकार भएपनि हाम्रो अधिकार रोकेर अप्ठ्यारोमा पार्ने काम भईरहेको भन्दै भारतले नाकाबन्दी नभनि लगाईरहेको दावी गरे । उनले भने,‘नाकाबन्दी लगाएको छैन, नेपालको आन्तरिक राजनीतिक कारण भन्छन फेरि तत्काल नाकाबन्दी खुल्दैन भन्छन । यो कस्तो नियत हो ।’ केसीले छिमेकीका कुनै सुरक्षा चासो भए त्यसमा भने छलफल गर्न सकिने स्पष्ट पार्दै भारतसँगको सम्बन्ध कुटनीतिक बाटोबाट सुमधुर बनाउनु पर्ने बताए । उनले अहिलेको अवस्था आउनुमा बैंकलाईं समेत दोषि ठहर्याउँदै कृषी उद्योगमा लगानी गर्दा छ महिना लगाउने अनि सात थोपा पेट्रोल उत्पादन नगर्ने मुलुकमा मोटरसाईकल र गाडिकोलागि तत्काल ऋण दिने नीतिलाई गलत भने ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्