मधेशी मोर्चाद्वारा सरकारसँगको वार्तामा बस्न अस्विकार
Advertise Here Book Now

काठमाडौं, २३ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग सोमबार हुने भनिएको वार्तामा बस्न अस्विकार गरेको छ । वीरगंजमा प्रहरीले गरेको दमनपछि मोर्चाले तत्काल सरकारसँग कुनै वार्ता हुन नसक्ने जनाएको हो ।
त्यस्तै वार्ताको लागि तोकिएको सोमबारको ठिक एक दिन अगाडि सप्तरीमा प्रहरीले प्रदर्शनकारीमाथि गरेको ज्यादती र दमनले वार्ताको वातावरण बिगार्न थप बल पुगेको मोर्चाको ठहर छ ।
मोर्चाले वीरगंज घटनाका लागि सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्