जापानमा ७ म्याग्निच्यूडको भूकम्प, केहि स्थानमा सुनामीको चेतावनी
Advertise Here Book Now

जापानमा ७ म्याग्न्च्यिूडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ ।
जापानको मौसम विज्ञान विभागका अनुसार शतिबार बिहान ५ वजेर ५१ मिनेटमा बजेको समयमा दक्षिण पश्चिम सामुन्द्रिक तट भएर भूकम्प गएको बिबिसीले जनाएको छ ।

भूकम्पले कुनै मानविय क्षती भने नभएको बताइएको छ । कागोशिमा तथा नाकानोशिमा द्वीपमा एक फिटको सुनामी रेकर्ड भएको विज्ञान विभागले जनाएको छ। दक्षिण जापानका केहिस्थानमा सुनामीले प्रभाव पार्ने समाचारमा जनाइएको छ ।

सन् २०११ मा शक्तिशाली भूकम्प गएपछि आएको सुनामीमा १८ हजार भन्दा बढी जापानी नागरिकको ज्यान गएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्