सुन्दरी मोडल नीति शाह भन्छिन्, ‘नाम छ, दाम छैन’
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १५/नीति शाह, नेपाली र्‍याम्पमा स्थापित नाम हो । कहिले यो क्षेत्रमा पाइला हाल्छु भन्ने नलागे पनि पछिल्लो चार वर्षदेखि उनको पाइला र्‍याम्पमा राम्रैसँग चलिरहेको छ ।
भर्खरैं २० वर्षमा लागेकी नीति आफूलाई पूर्ण रुपमा निखार्ने र यही पेशालाई निरन्तरता दिने तयारीमा छिन् । सेन्ट जेभियर्स कलेजमा पत्रकारितामा स्नातक अध्ययनरत यी र्‍याम्प मोडलसँग रेजिना पाण्डेले गरेको कुराकानीः
तपाईंको सुन्दरताको चर्चा किन धेरै भएको होला ?
सबैलाई माया लागेर होलाजस्तो लाग्छ ।
सुन्दरताको चर्चा सुन्दा कस्तो लाग्छ ?
खुशी लाग्छ । आफ्नो पेशामा अझै अगाडि बढ्ने हौसला मिलेको जस्तो लाग्छ ।
उमेर धेरै भएको छैन । तर, नाम धेरै कमाएँ जस्तो लाग्दैन ?
लाग्दैन । नेपाली समाजमा त्यस्तो लागेको मात्र हो । विदेशतिर त यो उमेरमा अझ धेरै नाम र दाम कमाइसकेका हुन्छन् ।
तपाईंले पनि नामसँगै दाम पनि कमाउनु भएको होला नि ?
छैन छैन । दाम कमाइएको छैन । अहिले हामी नाममा मात्र सीमित छौं, दाम पछि छ, यो क्षेत्रमा ।
करिअर कसरी सुरु भयो ?
चार वर्ष अगाडि एक म्यागाजिनको लागि कभर फोटोको सुट गर्ने प्रस्ताव आयो । मैले स्वीकार गरे । विस्तारै अरुबाट पनि प्रस्ताव आयो ।
थुप्रै म्यागाजिनमा कभर फोटो छापिएका छन् । तैपनि दाम राम्रो कमाउनु भएको छैन भनेर कसरी पत्याउने ?
नेपालमा कभर गर्लका लागि पैसा दिने चलन रहेनछ । यो काम सित्तैमा हुँदैं आएको छ । दुःख लाग्छ । विदेशतिर यो काममा लागि राम्रै पैसा दिने गरेको पाइन्छ । तर, हाम्रोमा फोटो आयो भनेर खुशी हुनुपर्ने अवस्था मात्र छ । 
यो पेशामा आउन परिवारको कत्ति सहयोग छ ?
परिवारको सहयोग र सहमतिमा नै म यो क्षेत्रमा छु । ममी र बाबाले मेरो काममा प्रोत्साहन गरिरहनुभएको छ ।
हाम्रो समाजमा र्‍याम्प मोडलको खासै प्रशंशा गर्ने गरेको सुनिदैंन नि ?
हो । यस्तो देख्दा केही खल्लो पनि लाग्छ । तर, यो सबै हेर्ने नजरमा भर पर्छ । विस्तारै सुधार हुँदैं गएको जस्तो लाग्छ ।
दाम नै नभए पनि किन यो क्षेत्रमा युवाको आकर्षण नि ?
अहिले जसलाई पनि यो क्षेत्रले लोभ्याएको छ । गरौं न, हेरौं न भन्ने उत्सुकताले होला ।
यो क्षेत्रमा कोसँग प्रभावित हुनुहुन्छ ?
र्‍याम्प मोडल आश्मी श्रेष्ठबाट खुबै प्रभावित छु ।
म्युजिक भिडियो र चलचित्रमा खेल्ने रुची छ कि छैन ?
मलाई म्युजिक भिडियो भन्दा राम्रो अफर आयो भने चलचित्र गर्ने इच्छा छ । हेरौं के हुन्छ ।
प्रेम प्रस्ताव कतिको आउँछन् ?
धेरै नै आउँछ । तर, मलाई चाहिँ आजसम्म कोही मन परेको छैन ‘आइ लभ यु टू’ भन्नको लागि । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्