आर र पारको लडाई गर्न रौतहटमा मधेशी फोर्स गठन
Advertise Here Book Now

२० मंशिर / जारी मधेश आन्दोलनमा समर्थन र एक्यवद्वता जनाउन रौहतटमा अर्को एक नँया मधेशी फोर्स नामक शक्तिको जन्म भएको छ । मधेशी जनताको मागहरु सम्वोधन गर्नुको साटो आन्दोलन लमव्याई जनतालाई थकित गर्ने कुचेश्टा वर्तमान सरकारले
गरिरहेकोले अब अझ शस्त्त आन्दोलन गर्नको लागि आईवार रौतहटको सदरमुकाम गौरमा ५१ सदस्यीय मधेशी फोर्स गठन गरिएको नवगठित फोर्सको संयोजक राजकिशोर यादव द्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नवगठित फोर्सको सदस्यहरुमा मनोज कुमार यादव , त्रिभुवन साह तेली , शियाराम कुशवाहा सहित ५१ व्यक्तिको नाम उल्लेख रहेको छ । साथै टोलीले जिल्लाका सम्पुर्ण निकाएलाई आफुहरुलाई सहयोग गरि आन्दोलनलाई अझ उचाईमा पुर्याउन अपिल गरेको छ । source:Rautahat Online

