१७ टन ग्यासको बुलेट गाडि दुर्घटना
Advertise Here Book Now
१७ टन ग्यास बुलेट बोकेको ट्रक आज सुनसरीको इटहरी २२ स्थित पकलीमा दुर्घटना भएको छ । भारतको बरौनीबाट जोगवनी नाका हुदै नेपाल छिरेको एच आर ४७६५ नम्बरको बुलेट पकलीमा पूर्वपश्चिम राजमार्गमा पल्टिएको हो ।बुलेट ट्रक पल्टिएपछि ट्रकका चालक सामान्य घाइते भएपनि ठूलो अप्रिय घटना भने हुन पाएन । ग्यास भरिएको बुलेट ट्रक पल्टिएपछि त्यस क्षेत्रमा जोखिम बढेको भन्दै सम्भाबित खतरालाई दृष्टिगत गरी सो क्षेत्रमा दमकल र सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बुलेटमा रहेको ग्याँस लिक हुन नदिन प्रविधिक टोली समेत परिचालन गरिएको छ । पल्टिएको ग्याँसको बुलेटलाई सुरक्षित तरिकाले निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।।

