सिके राउत दिल्लीमा, उच्च स्तरीय भेटघाटमा व्यस्त, अडानबाट पछि हटदै…
Advertise Here Book Now

स्वतन्त्र मधेश गठबन्धन(Alliance for Independent Madhesh) का अध्यक्ष तथा  पृथकतावादी आन्दोलनका एक अगुवा डा.सीके राउत दुइ सातादेखि भारत भ्रमणमा रहेका छन । अति नै गोप्य राखिएको भ्रमण दलमा वहाँका एक मात्र विश्वास पात्र (स्वकीय सचिव) सत्य नारायण खंग ‘ मधेशी’ मात्र सहभागी छन।
भारतको नयाँ दिल्लीमा राउतको भव्य स्वागत गरिएको छ । भाजपा नेतृत्वका सरकारका विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले स्वागत गरेको विषयलाइ लिएर यतिवेला भारतमा चर्को विरोध सुरु भएको छ ।
छुटै मधेश देशको लागी सघर्षरत राउतको लामो भारत भ्रमणलाइ अर्थपुर्ण रुपमा हेरिदैछ । दिल्ली बसाइको क्रममा राउतले विदेश सचिव एस.जयशंकर, सुरक्षा सल्लाहकार अजय डोबल, विदेश मन्त्रालयका नेपाल डेक्स हेर्ने प्रमुख सह सचिव अभय ठाकुर, नेपाल मामिलाका जानकार भारतीय सेनाका अवकास प्राप्त जर्नेल असोक मेहतालाइ भेटघाट गरेका छन ।
राउतका सहयोगी सुरेन्द्र ‘मधेशी ‘ले राउतको भारत भ्रमण बारे खुलेर बताउन चाहेन । उनले भने,-’ हाम्रो अध्यक्ष ज्यू जनतरमन्त्रमा आन्दोलन गर्न र ज्ञापन पत्र बुझाउन दिल्ली गएको हो ।’
भारतका प्रधामन्त्री,विदेश मन्त्री, विपक्षी दलका नेता र भारतका विभिन्न राजनितिक दलका नेताहरुलाइ भेटघाट गर्ने कार्यक्रम छ । गृह जिल्ला सप्तरीबाट काठमान्डौं हुदै जेट एयरलाइन्स बाट राउत दिल्लीको इन्द्रागान्धी विमानस्थलमा अवतरण गरेपछि उनको भव्य स्वागत गरिएको छ ।यता भने विहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय पत्रकारहरुले नेपालको नयाँ संविधानको पहिलो संशोधनलाई ‘सकारात्मक’ भनेको भारतले किन पृथकतावादी नेता राउतलाई स्वागत गरेको भन्दै विदेश सचिव स्वरुपलाई कडा प्रश्न सोधेका छन ।
तर, उनले पत्रकारहरुको प्रश्नको जवाफमा स्वागत गर्दैमा गलत सन्देश नजाने र दिन नखोजेको स्पष्ट पारे । उनले आफूहरुले संविधान संशोधनको स्वागत गरिसकेको भन्दै सीके राउतलाई स्वागत गर्नु एक प्रक्रियाकै हिस्सा भएको बताए । ‘मधेसका विभिन्न मागहरु छन् र हामी विभिन्न राजनीतिक पार्टीहरुको निरन्तर सम्पर्कमा छौं । हामी कसैको पक्षमा छैनौं । हामी नेपालमा देखिएको राजीतिक गतिरोध चाँडोभन्दा चाँडो अन्त्य होस् भन्ने चाहन्छौं,’ प्रबक्ताको भनाई उदृत्तगर्दे भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
प्रबक्ता स्वरुपले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पहिला भारत आउने ठोकुवा गरे । चीन जाने हल्ला गलत हो । हामीलाई प्राप्त सूचना अनुसार ओली पहिला भारत आउनुहुन्छ । उनले भने, ‘प्रधानमन्त्रीका रुपमा चयन हुने बित्तिकै हामीले उहाँलाई भारत भ्रमणको निम्तो दिएका थियौं । उहाँको नेपाल भ्रमणको मिति कुटनीतिक च्यानलबाट तय हुँदैछ । पहिला भारत आउनुहुन्छ ।’
नेपालबाट मधेस अलग गर्ने योजनामा लागेका राउतलाई दिल्लीले बोलाएर तराई मधेशमा तँपाइ जस्तो यूवा नेताको आवश्यकताको खाँचो रहेको भन्दै पुर्ववत अडान छाड्न भारतले निर्देशन दिएको हुनसक्ने अनुमान गरिएको छ । केहिदिन यता सरकारले ६ महिनादेखि जारी मधेश आन्दोलनमा चरम दमन गर्न थालेपछि सिके राउतको अभियान तर्फ सर्वसाधारणको क्रेज बढदै गएको देखिन्छ । हाल १ लाख ३ हजार ५ सय १२ जना सक्रय सदस्य छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्