कांग्रेस एक्लैले मधेशको समस्या समाधान गर्न सक्दैन : कोषाध्यक्ष यादव
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन २६ । नेपाली काँग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले काँग्रेस एक्लैले मधेशको समस्या समाधान गर्न नसक्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यादवले काँग्रेसको भोंट बैक मधेश भएपनि काँग्रेस एक्लैले मधेशको समस्या समाधान गर्न नसक्ने दाबी गरिन् । मधेशको समस्या काग्रेस एक्लैले समाधान गर्न नसक्ने भएकोले सबै दलहरुलाई साथमा लिएर समस्या समाधान गर्नु पर्ने भन्दै मधेशको समस्या समाधान गरेर संविधान कार्यान्वयनमा आफूले भूमिका खेल्ने यादवले बताइन । उनले भनिन,‘मधेशमा सीमांकनको समस्या छ । सुशीलदाले नहड्बडाउनुस समस्या समाधान हुन्छ । मधेश, पहाड र हिमाल मिलाएर समस्या समाधान गर्नु पर्छ भन्नु हुन्थ्यो । सबैसँग मिलेर सीमांकन मिलाउनु पर्छ ।’ कोषाध्यक्ष यादवले मधेश काँग्रेसको मुटु भएकोले काँग्रेस मधेश विना बाच्न नसक्ने भएकोले मधेश समस्या समाधानका लागि पहल गर्ने विश्वास ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो प्रयास हुने प्रतिबद्धता ब्यक्त गरिन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्