नेपालको ख्याति प्राप्त प्रधान मंत्री केपी ओलीले फेरि भन्यो की चीन भन्दा भारत नै ठीक छ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाललाई अनावश्यक दुख दिँदा भारतप्रति जनताले विरोध जनाउन बाध्य भएको बताएका छन् । बुधबार प्रधानमन्त्री कार्यालयमा शीर्ष नेताहरुसँग कुराकानी गर्दैै प्रधानमन्त्री ओलीले भारत नेपालको असली राष्ट्र भएता पनि नाकाबन्दी जस्तो अमानवीय कार्य गरी दुख दिएपछि भारतको विरोध गर्नु स्वभाविक भएका बताएका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले भारतसँग सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिए ।भारतको नेपालको सच्चा राष्ट्र भएको भन्दै ओलीले भारतसँगको सम्बन्ध सुधारका लागि राजनैतिक तहबाट पहल गर्नुपर्ने बताएका छन् । भारतसँगको सम्बन्ध बिग्रिदा आफू दुखित रहेको उनको भनाई थियो । ‘भारत हाम्रो असल छिमेकी राष्ट्र हो, विगतमा जे भए पनि अब हामीले सम्बन्ध सुधार गर्नुपर्छ । उनले भने आफ्नो भारत भ्रमणपछि सम्बन्ध सुधार हुने सम्भावना देखिए पनि सम्बन्धमा कुनै सुधार नआएपछि आफू चिन्तित बनेको उनले बताए । सम्बन्ध बिगारेर अघि बढ्नुभन्दा त्यसलाई सुधार्दै अघि बढ्दा उचित हुने उनको तर्क थियो ।
शीर्ष नेतासँगको छलफलमा बोल्दै ओलीले चीनसँगको सम्बन्ध भन्दा भारतसँगको सम्बन्ध दीर्घकालीन हुने बताए । चीनसँगको सम्बन्धलाई पनि अझ सुधार गर्दै लैजानुपर्छ, तर चीनसँग सुधार गर्दा भारतसँगको सम्बन्ध बिगार्नु हुन्न । चीन भनेको हाम्रो लागि कान्छी श्रीमती भनेजस्तै हुन्, हामी धेरै हौसिनु ठीक नहोला’ ओलीले भने, ‘भारत हाम्रो पुरानो मित्र हो, त्यसैले चीनभन्दा भारत ठीक छ, जसरी हुन्छ सुधार गर्नतिर लागौँ ।


