मुर्छा पर्यो कांग्रेस, देउवाले भने “प्रचन्डले धोका दिन्छन भन्ने त लागेको थियो त्यसैले प्रधानमन्त्री दिएको तर पनि सकिएन
Advertise Here Book Now
बैशाख २३ । केपी ओली नेतृत्वको सरकारलाई हटाउन बिहीबारको संसद बैठकमा अविश्वासको प्रस्ताव लाने भित्री तयारीमा रहेको कांग्रेसको योजना रातारात तुहिएपछि कांग्रेस नेताहरु तनावमा परेका छन् ।सत्तारुढ प्रमुख घटक एमाओवादीका अध्यक्ष प्रचण्डलाई प्रयोग गरेर ओली सरकारलाई सडकमा ल्याउने कांग्रेसको रणनीति पुरै असफल भएको छ । प्रचण्डसँग उनकै निवास लाजिम्पाटमा भएको छलफलपछि ‘आफ्नो योजना तुहिएको’ निष्कर्षसहित देउवाले आफू निकट नेताहरुसँग भनेका छन् ‘अव सकिएन’ । प्रचण्ड सत्ताको लोभी भएको निष्कर्ष निकाल्दै कांग्रेसले उनलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । प्रस्तावलाई प्रचण्ड स्वयंले भने स्वीकार गरे । तर प्रचण्डकै पार्टी एमाओवादीमा पनि यो प्रस्तावमा एकमत हुन सकेन् । राष्ट्रियताको धरातलमा उभिएको सरकारलाई गिराउने खेलपछि एमालेजनमात्र होइन, सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट भए ।
त्यसले प्रचण्डलाई थप दवाव पर्यो । अनि मुखैको आएको प्रधानमन्त्री पद त्याग्न प्रचण्ड बाध्य भए । ‘प्रचण्डले धोका दिन्छन भन्ने हामीलाई पहिले नै लागेको थियो । त्यसैले धोका नदिउन भनेर हामीले प्रधानमन्त्रीमा प्रस्ताव गरेका हौँ’ कांग्रेसका एक नेताले नाम नबताउने शर्तमा भने ‘त्यति हुँदापनि धोका भयो । हामी त आश्चर्यमा पर्यौँ ।


