उपेन्द्र यादव र राजेन्द्र महतोबीच ट्रेड युनियन विवाद
Advertise Here Book Now
काठमाडौं ७ जेठ । हालै पहिलो महाधिवेशन गरेको मधेशी ट्रेडयुनियन महासंघलाई लिएर मधेशी जनअधिकार फोरम नेपाल र सदभावना पार्टीबीच विवाद भएको छ ।
महासंघका अध्यक्ष पल्टन ठाकुर नाई संघका अध्यक्ष पनि हुन् । उनी केही दिनअघिसम्म फोरम नेपाल निकट मानिन्थे । तर पछिल्लो समय फोरम नेपालले आफ्नो नामबाट मधेशी शब्द हटाएपछि ठाकुर असन्तुष्ट बन्दै आएका थिए । फोरममा मधेशीभन्दा गैर मधेशीको पार्टी भएको भन्दै अध्यक्ष ठाकुर निस्क्रिय भएका थिए ।
विहीबार मधेशी ट्रेड युनियन महासंघ राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी निकट भएर काम गर्ने जनाएपछि सदभावना र फोरमबीच विवाद बढेको छ ।
महासंघले सदभावना पार्टी निकट भएर काम गर्ने सर्वसम्तिले निर्णय गरेको ठाकुरले दाबी गरेका छन् ।
यता शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघका उपाध्यक्ष उषा तामाङ्गले अध्यक्षसहितका नेतृत्वलाई कारवाही गरेको जनाएको छ ।
तामाङ्ग फोरम नेपालको सक्रिय सदस्य हुन् ।
तामाङ्ग फोरम नेपालको सक्रिय सदस्य हुन् ।


