मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, एक जना घाइते
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम असार २७ । सिरहाको धनगढीमा ट्याकटरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक पैदलयात्री घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ३ प ५०५८ नम्बरको मोटरसाइकलले धनगढीमाई नगरपालिका–१० स्थित सडकमा भैँसी डोराई बाटो काट्दै गरेका पैदलयात्रीलाई जोगाउन खोज्दा अगाडि रहेको स १ त ३१७५ नम्बरको ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–२२ निवासी गुदर मुखियालाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट सिरहाको सोठियाइन–९ निवासी रामआशिष यादव घाइते भएको र यादवको रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


