जेपीको आलोचना ः प्रचण्डको सहवासबाट मातृका र उपेन्द्रले मधेशमा दूई प्रदेश स्वीकार गरे
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान,१३ भाद्र । समग्र मधेश एक प्रदेशको नारा लगाउंने मातृका यादव आज नेकपा माओवादी केन्द्रका प्रचण्डसंग पूनः सहवासमा पुगेको तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आज कटु आलोचना गरेका छन् । गुप्ताले आज लहानमा आफ्ना कार्यकताहरुसंग छलफल गर्ने क्रममा सो कुरा बताउंदै प्रचण्डको सहवासबाट मातृकाले मधेशमा दूई प्रदेश स्वीकार गरेर राजनीतिक दद्रिताको प्रकाष्टा देखाएको बताउंनुभयो । ६ महिनासम्म मधेश बन्द र नाकाबन्दी गरेर आज मधेशी जनतालाई भ्रमित पारेर सत्ता लम्पटको खेलामा लागेका संघीय समाजवादी फोरमका उपेन्द्र यादव जस्ता नेता विर्सजनवादतर्फ उन्मुख भएको गुप्ताले बताउंनुभयो । गुप्ताले समग्र मधेशको नाममा उपेन्द्रले मधेशी जनतालाई बेकुफ बनाएको भन्दै समग्र मधेश लिएर नै छाड्ने अडान लिएका उपेन्द्र यादवले रेणु यादवलाई दूई नम्बर प्रदेशको संयोजक बनाएर सत्ता सम्पर्णतर्फ लागेको आरोप लगाउंनुभयो । आज भएको तमरा छलफलमा सिरहाका ६ वटा नगरपालिका संयोजक, केन्द्रीय सदस्यहरु सुरेश साह, भोला मुखिया, ललितनारायण महतोलगायतका रहेका थिए । कार्यक्रम सिरहा अध्यक्ष रामपुकार यादवका सभाध्यक्षतामा भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्