बहिनीमाथि खुकुरी प्रहार गर्ने दाजु पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन २१ । आफ्नै बहिनीमाथि खुकुरी प्रहार गरी गर्भमा रहेको शिशुलाई क्षति पु¥याएको आरोपमा प्रहरीले गएराति सिरहाको लहानबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२० निवासी उमेशकुमार महतो रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका उमेशलाई खोजतलास गर्नेक्रममा गाउँनजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । घरायसी विवादका कारण गत २०७२ साल भदौ ८ गते बिहान उमेशले बहिनी रेणुकुमारी महतोमाथि खुकुरीले शरीरका बिभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए । गम्भीर घाइते रेणुको चिन्ताजनक अवस्थामा तत्कालै उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा २०७२ साल भदौ १४ गते उपचारका क्रममा रेणुको गर्भमा रहेको शिशुलाई मृत अवस्थामा निकालिएको थियो । नवजात शिशुको सोही चोटको कारणबाट मृत्यु भएको चिकित्सकले पुष्टी गरेकाले घटनामा संलग्न उमेशलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्