मैथिलीक्षेत्रका चर्चित कलाकार संगीत सिंहप्रति श्रद्धासुमन
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १० भाद्र । मैथिली सिने क्षेत्रका चर्चित कलाकार संगीत सिंहको असमायिक निधन भएको विहीवार आठौं दिनमा कलाकारहरुले श्रद्धाञ्जलीसभा गरेका छन् । मन्जिता सिने क्रियसन प्रा.लि. विराटनगरको आयोजनामा गरिएको सो श्रद्धाञ्जलीसभा स्व.संगीत सिंहका घर सोहपुरमै गएर गरिएको फिल्म निर्देशक राजु चौधरीले बताए । श्रद्धाञ्जलीसभा संगै मन्जिता सिने क्रियसनले मरनोउपरान्त सम्मान समेत गरिएको थियो । कार्यक्रममा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले मधेश र मैथिलीक्षेत्रका महान् कलाकार गुमाएका छौं, यसको पूर्ती अकल्पनीय रहने बताउंदै श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीसभा चलिरहंदा सयौं महिला पुरुष तथा बालबालिकाहरुमा संगीत सिंहको स्मरण आंखा रसाएका थिए । कार्यक्रमका सभाध्यक्षता श्याम कामतले गर्नु भएका थिए भने संचालन राहुल यादवले गरेका थिए । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्