सिरहाको लक्ष्मीपुर बोक्सि आरोपमा महिला मरणासन्न हुनेगरी कुटिए
Advertise Here Book Now

रामदुलारी यादव
सिरहा,भदौ ५ गते ।  सिरहाको लक्ष्मीपुर प्रम वडा नं.१ बस्ने एक महिलालाई मरणासन्न हुनेगरी बोक्सि आरोमा कुटपीट गरेको छ ।
 स्थानीयको कुटाइबाट सख्त घाइते भएका  ३० वर्षिय रामदुलारी यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।
बोक्सिको आरोमा स्थानीय बेचन महतो, रमविन्द्र महतो, सुलेन महतो, सुर्जा महतो, किसुनदेव महताले कुटपीट गरेको  यादवका ससुरा गढ्वाले जानकारी दिनुभयो । घरमा कोही नभएको वेलामा उनीहरुआएर आफ्नो बुहारीलाई कुटपीट गरेको उहाँले जानकारी दिनुभयो । आमालाई कुटपीट गरेको वेला छुट्याउन गएको नाती ११ वर्षिय भवनाथलाई पनि कुटपीट गरेको छ ।
सूर्जा महतोको बुहारी सुनैना देवी महतोलाई भुत लगाई दिएको भन्दै महतो परिवारेले कुटपीट गरेको यादवको भनाई रहेको छ । महतो परिवारकै बुहारी कुसियादेवी महतोको अचानक मृत्यु भएको थियो । यो पनि उसैले गरेको आरोप लागाउँदै यादवलाई कुट पीट गरेको हो ।
 महतो परिवारले आफ्नो घरका बाल बच्चामाथिपनि वेला बेला भुत लगाएर दुःख दिने गरेको घरमा रहेका महिलाहरुले  बताएको छ । बोक्सिले नै उनीहरुको घरमा जहिले पनि दुःख दिने गरेको बताइएको छ ।
घाइते महिलाको टाउको र सरिरको विभिनन भागमा गम्भिर चोट लागेको इलाका प्रहरी कार्यालय विष्णुपुरका प्रमुख असई शिवनारायण यादवले जानकारी दिनुभएको छ । महिलाको टाउकोमा ७ वटा टाँका लागेको जनाइएको छ ।
पीडकहरु फरार रहेकाले उनीहरुको खोजी भईरहेको प्रहरीले बताएको छ । उनीहरुको खोजी भईरहेको भन्दै उनीहरुलाई जुनसुकै अवस्थामा पनि पक्राउ गरी आवश्यक कार्वाही गरिने प्रहरीले बताएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्