बाटो ग्राभेल गरेपछि स्थानीय खुसी
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १८ साउन । कोही अपरझट विरामी पर्दा गाउँमा एम्वुलेन्स ल्याउन पनि नसकिने अवस्थाको बाटो ग्रोभल भएपछि मिर्चैया नगरपालीका –४ कुथनमाका बासिन्दा खुसिले गद गद भएका छन् । नगरपालीकाले छुट्याएको ५ लाख बजेटले गाउँका मूख्य सडक र सहायक सडक सहित पाँच किलोमिटरमा ग्राभल भएको ‘भौतिक पूर्वाधार, सडक मर्मत तथा ग्राभेल उपभोक्ता समितिका अध्यक्ष दिपनारायण यादवले जानकारी दिए । मूख्य सडकमा ट्रक तथा ट्याक्टरले ग्राभेल खसालेको भएपनि सहायक सडकहरुमा स्थानीय जनताले आफै ग्राभेल बोकेर लगेको यादवले बताए । उनीहरुले गरेको श्रमदानको पनि हिसाव गर्ने हो भने यसको लगानी झन बढ्ने यादवको भनाई रहेको छ । सडक बनेपछि सवै खाले सवारी साधनहरु सजिलोसँग हिड्न थालेका छन् । बाटो बनाउने क्रममा घरबाट निस्कने फोहर पानी सडकमा निकाल्न नपाउने स्थानीयले नियम नै बनाएका छन् । नगरपालीकाले कामको मूल्याङ्कन गरी चार लाख ५६ हजार ८ सय रुपैयाँ दिएको भएपनि आफूले चार लाख ६७ हजार सात सय रुपैयाँ खर्च गरेको यादवले बताए । तराइमा स्थानीय निकायको बजेट मनपरी गर्न उपभोक्ता बन्ने परिपाटी रहेको बेला यो काम भने नमुना भएको स्थानीय बताउँछन् । मिर्चैया नगरक्षेत्रमा यो आर्थिक वर्षमा राम्रो काम भएको भएपनि यो सडको काम नमुना भएको नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले बताए । यसैगरी सवै उपभोक्ता समितिहरुले काम गरे नगरको विकास चाँडो हुने नगर प्रमुख दासले विश्वास व्यक्त गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्