विधुत चुहावट गर्ने १५ जना पक्राउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम भदौ १५ । अवैध रुपमा विधुत चुहावट गरिरहेका १५ जनालाई विधुत प्रधिकरण सिरहा वितरण केन्द्रले पक्राउ गरेको छ ।
विधुत चुहावट नियन्त्रणका लागि विधुत प्रधिकरणको जारी अभियान अन्र्तगत सिरहाका विभिन्न स्थानहरुवाट २७ थान मोटर, ११ थान पंखा, ४ थान टिभी सहित १५ जनालाई प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रधिकरणले जनाएको छ ।
नेपाल विधुत प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार लक्ष्मिपुर प्र.म.का राम सुन्दर महतो, अर्नमा ४ का पुरन यादव, हकपराका महेन्द्र सहनी, विष्णुपुर २ का इन्द्रजित महतो, लक्ष्मिपुर ७ का सुरेनद्र यादव, लक्ष्मिपुर २ का राम रिझन महतो, अर्नमा २ का राम सुन्दर महतो र ज्ञानी महतोलाई डाइरेक्ट हुकिङ्ग गरी विधुत उपभोग गरिरहेको अवस्थामा पक्राउ गरीएको जानकारी दिनुभयो । पक्राउ पर्नेहरुवाट जनही रु. ५ हजार दरले जरीवाना लिई छाडिएको प्रधिकरण प्रमुख यादवले वताए ।


