International
»
पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घन्टाको अल्टिमेटम
पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घन्टाको अल्टिमेटम
Advertise Here Book Now

कश्मिरस्थित उडीमा भएको आतंकवादी हमलामा १७ भारतीय आर्मीको निधन भएपछि भारतीय चलचित्रमा कार्यरत पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र देश छाड्न महाराष्ट्र नवनिगम सेना (एमएनएस) का कार्यकर्ताले धम्की दिएका छन्।
भारतीय फिल्म कर्मचारी संघबाट सार्वजनिक भएको विज्ञप्तीमा भनिएको छ, पाकिस्तानी कलाकारले यसलाई गम्भीरताका साथ नलिएको खण्डमा गम्भीर नतिजा भोग्न तयार भए हुन्छ। भारतीय फिल्म कर्मचारी संघ एमएनएसमा आवद्ध संस्था हो। यसले ४८ घण्टामा भारत नछोड्ने पाकिस्तानी कलाकारलाई पिट्ने सम्मको धम्की दिएको छ। यस्तै, पाकिस्तानी कलाकारलाई आफ्नो चलचित्रमा भूमिका दिने निर्मातादेखि निर्देशकसम्म सबैलाई भौतिक कारवाही गरिने बताएको छ।
‘हामीले पाकिस्तान कलाकारलाई भारत छोड्न ४८ घण्टाको समय दिएका छौं। जसले अटेर गरेर बस्छ त्यसले पिटाई खान्छ। निर्माता निर्देशकले पनि अटेर गरेर उनीहरूलाई काम दिन्छन् उनीहरूले पनि कुटाई खानेछन्,’ एमएनएस चित्रपट सेनाका एमेए खोप्कारले शुक्रबार भने। भारतीय चलचित्रमा पाकिस्तानका थुप्रै कलाकार काम गरिरहेका छन्। जसमा फवाद खान, अली जफर, माहिरा खान, राहत फतेह अली खान, इमरान अब्बास र मावरा होकाने प्रमुख छन्।
पाकिस्तानी कलाकारले भारतमा धम्की पाएको यो पहिलो घटना होइन्। यसअघि शिव सेनाले फवाद खान र मिहारा खानको फिल्म ‘ऐ दिल हे मुस्कील’ र महिरा खानको फिल्म ‘रइस’ लाई प्रतिबन्ध लगाउने धम्की दिएको थियो। धम्कीकै कारण पाकिस्तानका थुप्रै कलाकारले पछिल्लो समय भारतको भ्रमण रद्ध गरिसकेका छन्। मेकाल हसन ब्यान्ड र गजल सम्राट गुलाम अलीको भारतको कार्यक्रम रद्ध भइसकेको छ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्